मन्त्रिमण्डल हेरफेर हुँदै

आदर्श समाज सम्वाददाता
श्रावण ५, २०७८
ministry

पोखरा  । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री कुमार खड्काले छिट्टै मन्त्रिमण्डल हेरहेरसहित पूर्णता पाउन बताएका छन् ।
कांग्रेस पोखरा–१६ ले सरकारका प्रवक्ता मन्त्री खड्काको सम्मान तथा वडा अधिवेशनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले अब गण्डकी सरकारले १/२ दिनमै पूर्णता पाउने दाबी गरे । उनले हाल आफूले सम्हालै आएको मन्त्रालय समेत परिवर्तन हुने संकेत समेत गरे । मन्त्री खड्काले गठबन्धनको सरकारमा थप बिस्तार तथा हेरफेर हुने हुँदा मन्त्रालय क–कसको भागमा पर्छ भन्ने खुलाएनन् । उनका अनुसार मन्त्रालय बाँडफाँडमा गठबन्धनका दलबीच सहमति भइसकेको खुलासा गरे ।
कांग्रेस इकाइ सभापति होमबहादुर बानियाँले मन्त्री खड्कालाई दोसल्ला ओढाइ सम्मान तथा बधाई ज्ञापन गरेका थिए । यस्तै, नेपाल तरुण दल पोखरा १६ का सभापति विक्रम बस्नेतले तरुणहरुको तर्फबाट मन्त्री खड्कालाई सम्मान गरे ।
कार्यक्रममा कांग्रेस पोखरा–१६ का पूर्व इकाइ सभापति शिवराज देवकोटा, नेवि संघनेतृ सुदीक्षा बानियाँ लगायतले मन्तव्य राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width