मध्यमर्स्याङ्दीको उत्पादन सुचारु

आदर्श समाज सम्वाददाता
श्रावण ४, २०७८
Madhya-Marsyngdi H P-1

लमजुङ । बाढीपहिरोका कारणले उत्पादन ठप्प रहेको ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाले पुनः उत्पादन सुरु गरेको छ । मस्र्याङ््दी नदीमा आएको बाढीले एउटा टावर बगाएपछि जलविद्युत् केन्द्रको विद्युत् उत्पादन गत असार १९ गतेदेखि ठप्प भएको थियो ।
आयोजनाको विद्युत् प्रसारण हुने १ सय ३२ केभी प्रसारण लाइनको ९ नम्बर ट्रान्समिटर लाइन बाढीले बगाएपछि केन्द्रबाट विद्युत् उत्पादन बन्द गर्नुपर्ने अवस्था सिर्जिएको हो । टावर स्थलमा अस्थायी संरचना निर्माण गरी विद्युत् उत्पादन थालिएको जलविद्युत् केन्द्रका प्रमुख शिवकुमार साहले बताए ।
नेपाल विद्युत् प्राधिकरणले बाढीले बगाएको टावरको स्थानमा अस्थायी टावर राखेर प्रसारण लाइन सुचारु गरेपछि केन्द्रको विद्युत् उत्पादन यतिबेला पूर्ण रुपमा सुचारु भएको छ । साहले भने, ‘बाढीले प्रसारण लाइन बगाएको कारणले गर्दा असार १९ देखि आयोजनाको उत्पादन बन्द भएको थियो ।’ आयोजनामा उत्पादन हुने विद्युत मार्किङ चोक हुँदै दमौली पठाउने गरिएको केन्द्रले जनाएको छ । आयोजनाको उत्पादन सुचारु गर्न स्थायी संरचनाको टावर तयार नहुञ्जेल अस्थायी टावरको सहयोगमा नै प्रसारण लाइन सञ्चालन गरिने भएको छ ।
विगतका वर्षामा समस्या नभए तापनि यो वर्ष मस्र्याङ्दीमा ठूलो बाढी आएर टावर भएको स्थानमा कटिङ ग¥यो भने माथिबाट पहिरो आउँदा त्यो टावर ढल्न गएको केन्द्र प्रमुख साहले बताए । उनका अनुसार क्षति भएको उक्त टावर १३ वर्षअघि निर्माण गरिएको थियो ।
साहले भने, ‘यस विद्युत् आयोजनामा ३५ मेगावाट क्षमताका २ उत्पादन टर्वाइन जडान गरिएको छ । दुवै टावरबाट फुलफेजमा काम भई ७० मेगावाट नै विद्युत उत्पादन सुचारु भएको छ ।’

Related News

सम्बन्धित समाचार

hero news full width