सिद्धार्थ क्लबको राहत

आदर्श समाज सम्वाददाता
श्रावण ४, २०७८
siddhartha club 37

पोखरा । सिद्धार्थ क्लबले क्लब स्थापनाको ३७ औं वार्षिकोत्सव अवसरमा अपांगता भएका व्यक्तिहरुलाई राहत वितरण गरेको छ ।
क्लब अध्यक्ष पार्वती माकाजूले क्लबले कोरोना भाइरस महामारीले अपांगता भएका व्यक्तिहरुको दैनिक जीवनमा ल्याएको असहजता मध्यनजर गरी राहत सहयोग गरेको बताइन् । उनले क्लबले आगामी दिनमा पनि स्थानीय निकाय र अन्य संघसंस्थाको सहकार्यमा सामाजिक गतिविधिमा अग्रसर रहने प्रतिबद्धता जनाइन् ।
क्लब सचिव इन्दिरा मर्सानी श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा २२ जना अपांगता भएका व्यक्तिलाई चामल, दाल, मस्यौरा, नुन, तेल, चना, चिउरा प्रदान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…
  • छोरेपाटन भूपू विद्यार्थीबीच शुभकामना

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्चले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । छोरेपाटन मावि विद्यालय व्यवस्थापन…

hero news full width