७४ प्रतिशत बजेट कार्यान्वयन

श्रीभद्र पौडेल
श्रावण ४, २०७८
buget~1

हेमजा । गण्डकी प्रदेशले आर्थिक वर्ष २०७७/०७८ मा करिब ७४ प्रतिशत बजेट कार्यान्वयन गरेको छ । प्रदेशमा गत आवमा ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार बजेट विनियोजन गरिएकोमा ७३.८८ प्रतिशत अर्थात् २५ अर्ब ७४ करोड १३ लाख ९१ हजार खर्च भएको हो । यो अघिल्लो आवको तुलनामा १० प्रतिशतले बढी हो ।
प्रदेश लेखा नियन्त्रक इन्द्रप्रसाद पौडेलका अनुसार आव २०७५/०७६ मा ५७, आव २०७६/७७ मा ६३ प्रतिशत बजेट प्रदेश सरकारले कार्यान्वयन भएकोमा गत आवमा ७४ प्रतिशत कार्यान्वयन भएको हो ।
उनका अनुसार गत वर्ष पँुजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार विनियोजन भएकोमा ८८ प्रतिशत र चालुतर्फ १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार विनियोजन भएकोमा ५६.७ प्रतिशत खर्च भएको छ ।
प्रदेश सरकारले ९० प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्य राखेको थियो । कोरोना महामारी, निषेधाज्ञा लगायत विविध कारण गोष्ठी, तालिमजस्ता कार्यक्रम सञ्चालन हुन नसक्दा चालु खर्च कम भए पनि पँुजीगततर्फको बजेट (विकास बजेट) कार्यान्वयन अवस्था सन्तोषजनक पाइएको छ ।
सरकारका संरचना लगभग सबै तयार भएको, काम लयमा गएको र कार्यान्वयन गर्न सक्ने क्षमता विकास भएका कारण पँुजीगत बजेट कार्यान्वयन सन्तोषजनक देखिएको प्रदेश लेखा नियन्त्रक कार्यालयको ठहर छ ।
प्रदेश सरकारअन्तर्गत सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयले ८३ प्रतिशत र सबैभन्दा कम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ४८ प्रतिशत रकम खर्च भएको छ । अन्य मन्त्रालयले भने सरदरमा ६० प्रतिशत मात्रै बजेट कार्यान्वयन गरेका छन् ।
लेखाले कार्य प्रकृति आधारमा योजना कार्यान्वयनको पक्ष फरक पर्ने पनि भनेको छ । कार्यान्वयन योग्य कार्यक्रमलाई प्राथमिकता दिँदा बजेट खर्च बढ्ने उसले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width