प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

आदर्श समाज सम्वाददाता
श्रावण ३, २०७८
PM-Sher-Bahadur-Deuba-FILE-PHOTO

पोखरा ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । पुनः स्थापित संसदको दोश्रो बैठकमा उनले विश्वासको मत सम्बन्धि प्रश्ताव पेस गरेका थिए । देउवाको पक्षमा १ सय ६५ मत खस्यो भने विपक्षमा ८३ मत खस्यो । मतदानमा २४९ सांसद उपस्थित थिए ।

१ जना तटस्थ रहे । २७२ सांसद रहेको प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३६ मत चाहिन्छ । देउवालाई कांग्रेसका ६१, माओवादीका ४८, जसपाका ३२, एमालेका २४ र जनमोर्चाकी १ सांसदले मत दिएका हुन् ।

केपी शर्मा ओली पक्षका ८ जना सांसदले पनि माधव नेपालसँगै फ्लोर क्रस गरेका छन् । केपी ओली सरकारमा वन मन्त्री भएका प्रेम आले, तनहुँका कृष्णकुमार श्रेष्ठले देउवालाई विश्वासको मत दिएका छन् ।

हिरा केसी, पार्वती विसुंखे, कलिला खातुन, विना थापामगर, धनबहादुर बुढा, समिमा हुसेनले प्रधानमन्त्रीलाई मत दिएका हुन् । यी सबै यसअघि ओली पक्षमा थिए ।

देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालय र सर्वोच्चको रिटमा भने हस्ताक्षर गरेका थिएनन् । योसँगै एमालेका २२ जना सांसदले नेपालसँगै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका छन् । विश्वासको मत पाएसँगै प्रधानमन्त्री देउवाले अव बाँकी अवधीको पूरै कार्यकाल चलाउन पाउने भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width