‘खहरे दर्पण’ विमोचन

आदर्श समाज सम्वाददाता
श्रावण ३, २०७८
Khahare darpan bimochan

पोखरा  । खहरे आमा समुहद्वारा प्रकाशित स्मारिका ‘खहरे दर्पण’ शनिबार विमोचन भयो ।
खहरे दर्पणको विमोचन गर्दै सांसद राजीव पहारीले खहरे आमा समूहले निकै उत्कृष्ट सामाजिक काम गर्दै आएको बताए । उनले संस्थाको बहुउद्देश्यीय भवनको स्तर वृद्धि गर्न संसद विकास कोष र नगरपालिकाबाट रकम जुटाउन पहल गर्ने बताए ।
पोखरा ६ का वडाध्यक्ष जगतबहादुर पहारीले आफ्नो संस्थाले गरेका गतिविधि संकलन गरेर पुस्तक प्रकाशन गर्दा अन्य समूह र आफ्नै पुस्तालाई पनि प्रेरणा मिल्ने बताए ।
कार्यक्रममा राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका अध्यक्ष विष्णुहरि अधिकारी, तेजनारायण पराजुलीले आमा समूहले स्थापनादेखि नै अत्यन्तै उत्कृष्ट कार्य गर्दै आएको र ती कामलाई पुस्तकको रुप दिनु अत्यन्तै अनुकरणीय काम भएको बताए ।
खहरे दर्पणका प्रधानसम्पादक लक्ष्मण थापाले पुस्तक प्रकाशनका चुनौतीहरु र पुस्तकले भावी सन्ततिलाई प्रेरणाको श्रोत हुनुका साथै पठन संस्कृतिको विकास हुने साथै स्मारिकाले अन्य समूहले पनि अनुकरण गर्ने बताए । समूह स्थापनादेखि हालसम्म समूहले गरेका सामाजिक गतिविधि समेटेर उक्त खहरे दर्पण प्रकाशित गरिएको हो । समूहकी संस्थापक सहसचिव रमा लामिछानेले आमा पवित्रा लामिछानेको १६ औं दिनको पुण्य तिथिमा तामाको गाग्री र अंखोरा संस्थालाई प्रदान गरिन् ।
समूह अध्यक्ष मैयाँ भट्टराई थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भागिरथी थापा र स्वागत उपाध्यक्ष सावित्री तिमिल्सिनाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width