हुप्सेकोटका ३१ घर विस्थापित

रामकुमार श्रेष्ठ
श्रावण २, २०७८
nabalpur ghar bisthapit

नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोटमा निरन्तर वर्षासँगै आएको बाढीले जमिन कटान गर्दा ३ घर भासिएका छन् भने ३१ घर परिवार विस्थापित भए ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार हुप्सेकोट गाउँपालिका ५ बाघखोरको खानी खोलामा आएको बाढीले जमिन कटान गरी बस्तीमा रहेको जमिन भासिँदा ३ घर पूर्ण रुपमा क्षति भएको बताए ।
त्यसैगरी बागखोरका १५ र बसेनीको १३ घरसमेत जोखिममा रहेकाले उनीहरुलाई पनि स्थानान्तरण गरिएको छ । उनीहरु सबैलाई अहिले जिल्ला प्रहरी कार्यालय नवलपुर र सशस्त्र प्रहरी चोरमाराको टोलीले उद्धार गरेर हुप्सेकोट १ जुकेपानीमा रहेको ज्ञानज्योति मावि र बेलुवामा रहेको जनता माविमा स्थानान्तरण गरिएको हो । केहीलाई गाउँमा पशु चौपाया स्याहार्न गर्नका लागि छाडिएको छ ।
हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले खोलाले जमिन कटान गरेपछि बस्ती पुरै भासिँदै गएको, जमिन धजाधजा परेर फाटेका कारण बस्नै नमिल्ने गरी २ गाउँका ३१ घर नै विस्थापित भएको बताइन् । कतिपय घरसमेत भत्किएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width