पाल्पाली समाजद्वारा प्रमुख सचिव डा. रेग्मीको स्वागत

‘पाल्पाको विकासका ३ आधार : शिक्षा, स्वास्थ्य र पर्यटन’

आदर्श समाज सम्वाददाता
श्रावण २, २०७८
Dr damodar regmi_ (2)

पोखरा  । गण्डकी प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीले पाल्पाको विकासका ३ आधार पस्केका छन् । उनले शिक्षा, स्वास्थ्य र पर्यटन पाल्पाको विकासका आधार भएको बताए ।
पाल्पाली समाज समाज पोखराले उनको स्वागतमा शनिबार समाजको कार्यालय नयाँबजारमा आयोजना गरेको कार्यक्रममा प्रमुख सचिव डा. रेग्मीले सो कुरा बताएका हुन् । पाल्पाका १० पालिकासँग आपसी समन्वय गर्दै पाल्पाली समाज पोखरा अघि बढ्नुपर्ने उनको सुझाव छ । उनले कर्मघर जहाँ भए पनि जन्मघर भुल्न नहुने र आफ्नो पेसा व्यवसायमा इमानदारीपूर्वक लाग्नुपर्ने बताए ।
यसै साता गण्डकीमा प्रमुख सचिवको रुपमा सरुवा भई आएका रेग्मीको मुलघर पाल्पाको तानसेन, बर्तुङ हो । पोखरामा उनी २०६९ सालमा पनि पश्चिमाञ्चल क्षेत्रीय प्रशासक भइ आएका थिए । अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका उनलाई मन्त्रिपरिषद्को असार १७ को बैठकले बढुवा गरेको थियो । यसअघि उनी स्वास्थ्य मन्त्रालयका सहसचिव थिए ।
पाल्पाली समाज पोखराका अध्यक्ष रेशम रचक थापाको अध्यक्षतामा भएको कार्यक्रममा डा. रेग्मीलाई पाल्पाली ढाकाटोपी, खादा, माला, अबिरले स्वागत गरिएको थियो । कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष बालचन्द्र परियार र संचालन महासचिव केशव नेपालले गरेका थिए ।
पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, पाल्पा हाउसका अध्यक्ष कुलप्रसाद घिमिरे, समाजका सल्लाहकार, कार्यसमिति पदाधिकारी, सदस्य लगायतको उपस्थिति रहेको सो कार्यक्रमबीच समाजका अध्यक्ष रेशम थापाले समाजको २२ बुँदे वार्षिक प्रस्तावित कार्यक्रम सार्वजनिक गरे ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width