अनलाइन चलाउन ३८ लाख

आदर्श समाज सम्वाददाता
श्रावण २, २०७८
nabalpur school kharcha

परासी । कोरोना महामारीका कारण वैकल्पिक विविध अनलाइबाट कक्षा सञ्चालनमा सहयोग पु¥याउन रामग्राम नगरपालिकाले सामुदायिक विद्यालयलाई ३८ लाख रुपैयाँ उपलब्ध गराएको छ । त्यसमध्ये १९ लाख वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्न र १९ लाख रुपैयाँ स्वास्थ्य सामग्री खरिदका लागि उपलब्ध गराइएको हो ।
कोरोना संक्रमणका कारण विद्यालय सञ्चालन हुन नसकेपछि नगरका विद्यालयलाई अनलाइनमार्पmत कक्षा सञ्चालन गर्न आवश्यक पर्ने १९ लाख ६ हजार रुपैयाँ उपलब्ध गराइएको नगर शिक्षा शाखाका अधिकारी रुद्रप्रसाद रेग्मीले बताए । सो रकमबाट शिक्षकले मोबाइलमा प्रत्येक महिना रिचार्ज गर्ने छन् । उक्त रकम ३ महिनाका लागि हो । नगर क्षेत्रमा रहेका ३२ सामुदायिक विद्यालयमा ९ हजार ४ सय ६८ विद्यार्थी अध्ययनरत छन् । रिचार्ज गर्न प्रत्येक महिना एक विद्यार्थीका लागि १ सय २९ रुपैयाँ खर्च हुनेछ । नगरपालिकाले १ सय २५ रुपैयाँका दरले रकम दिएको हो । बाँकी ४ रुपैयाँ अभिभावकले व्यहोर्नु पर्नेछ ।
शिक्षकलाई सिमकार्ड निशुल्क उपलब्ध हुनेछ । त्यसैगरी विद्यार्थी र शिक्षकलाई स्वास्थ्य सामग्री खरिद गर्न १८ लाख ९३ हजार छुट्टाइएको छ ।
कोरोना संक्रमणका कारण अझै पनि विद्यालय खुल्न नसक्ने अवस्थामा रहेकाले उपलब्ध गराइएको रकमले अनलाइन कक्षा प्रभावकारी रुपमा सञ्चालन गर्न सहयोग मिल्ने नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले बताए ।
अनलाइनबाहेक अन्य वैकल्पिक तरिकाले पढाइ सञ्चालन गर्न सहजीकरण पुस्तिका समेत विद्यार्थीलाई उपलब्ध गराएर पढाइलाई निरन्तरता दिने प्रयास गरिएको नगर प्रमुख गुप्ताले बताए ।
यसैबीच, नगरपालिकाले स्थापना गरेको ‘मेयर छात्रवृत्ति’ कार्यक्रममार्फत नगर क्षेत्रका ४२ जना गरिब, जेहेनदार तथा उत्कृष्ट विद्यार्थीलाई रकम प्रदान गरिएको छ । सामुदायिक विद्यालयका कक्षा १ देखि ८ सम्मका ३२ जना विद्यार्थीलाई जनही ३ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको हो ।
कक्षा ९ देखि १२ सम्मका १० जना विद्यार्थीलाई जनही ५ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको नगरपालिकाले जनाएको छ । कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका लागि २८ हजार प्याकेट सेनेटरी प्याड समेत नगरपालिकाले उपलब्ध गराएको छ । नगर प्रमुख नरेन्द्रकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न छात्रवृत्ति कार्यक्रममा उपप्रमुख रम्भा कुँवर, पत्रकार महासंघ अध्यक्ष हरि शर्मा, नगर शिक्षा समिति सदस्य अरविन्दकुमार पाठक, करमैनी माविका प्रअ यार मोहम्मद खाँनले नगर क्षेत्रको शैक्षिक विकासबारे प्रकाश पारेका थिए ।

Related News

सम्बन्धित समाचार

  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…
  • पोखरा बहुमुखी क्याम्पसको क्यालेन्डर विमोचन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विभिन्न तह र संकायका विद्यार्थीलार्ई निशुल्क कम्प्युटर तालिम प्रदान गरिएको छ । विद्यार्थीलाई पाठ्यक्रमसँगै…
  • पोखरामा गणित समाजको कार्यशाला

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । नेपाल गणित समाजको आयोजनामा नेपाल गणित समाज गण्डकी प्रदेशको स्थानीय व्यवस्थापनमा आयोजित कार्यशाला गोष्ठी आइतबार पोखरामा सम्पन्न भएको…
  • लेकसिटी कलेजमा स्वागत र बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा पहिलो वर्षमा भर्ना भएका र अन्तिम वर्षमा पढिरहेका विद्यार्थीलाई स्वागत तथा बिदाइ गरिएको…

hero news full width