बाढीले ३ घर भासियो, २८ घर जोखिममा

आदर्श समाज सम्वाददाता
श्रावण २, २०७८

नवलपुर । हुप्सेकोटमा निरन्तर वर्षासँगै आएको बाढीले जमिन कटान गर्दा ३ घर भासिएको छ । २८ घर उच्च जोखिममा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार हुप्सेकोट गाउँपालिका ५ बाकखोरको खानी खोलामा आएको बाढीले जमिन कटान गरी वस्तीमा रहेको जमिन भाँसिदा ३ घर पूर्ण रुपमा क्षति भएका हुन् ।
त्यसैगरी बागखोरका १५ र बसेनीको १३ घर उच्च जोखिममा रहेकोले उनीहरुलाई समेत स्थानान्तरण कार्य भइरहेको प्रहरीले जनाएको छ । सबैलाई अहिले जिल्ला प्रहरी कार्यालय नवलपुर र सशस्त्र प्रहरी चोरमाराको टोलीले उद्धार गरेर हुप्सेकोट १, जुकेपानीमा रहेको ज्ञानज्योति मावि र बेलुवामा रहेको जनता माविमा स्थानान्तरण गर्ने काम चलिरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width