१ वर्षमै ३ सय बढी बेपत्ता

आदर्श समाज सम्वाददाता
श्रावण १, २०७८
child lost

नवलपुर । पूर्वी नवलपरासीको गैंडाकोट ४ की विना सापकोटा हराएको २ साता भयो । उनको अत्तोपत्तो छैन । गैंडाकोटकै शारदा लामिछाने छोरा प्रनिश लामिछानेसहित हराएको झण्डै १ वर्ष हुन लाग्यो । उनीको पनि अत्तोपत्तो छैन ।
यी २ घटना प्रतिनिधि पात्र मात्र हुन् । नवलपुरमा मानिस बेपत्ता हुनेको तथ्यांक हेर्ने हो भने कहाली लाग्दो छ । हराएकामध्ये कतिपय सकुशल भेटिन्छन् भने कतिपय हत्या गरिएको अवस्थामा त कतिपय रहस्यमय तरिकाले मृत भेटिन्छन् ।
नवलपुरमा आर्थिक वर्ष २०७७/०७८ मा मात्रै ३ सय ४ जना बेपत्ता भएको घटना प्रहरीकोमा दर्ता भएका छन् । तीमध्ये २ सय २१ जनाको अवस्था पत्ता लागेको छ भने ८३ जना अझै बेपत्ताको सूचीमा छन् ।
धेरै महिला र बालबालिका बेपत्ता रहेको प्रहरीको तथ्यांकले देखाउँछ । त्यस्तै आर्थिक वर्ष ०७६/७७ को तथ्यांक पनि यस्तै कहाली लाग्दो छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीका अनुसार नवलपुरमा आर्थिक वर्ष ०७६/७७ मा २ सय २९ जना बेपत्ता भएका थिए, तीमध्ये ९० जनाको अवस्था अझै अज्ञात नै छ ।
बढ्दो सामाजिक सञ्जालको दुरुपयोग, बालबालिकाप्रति अभिभाककले समय कम दिनु, बेरोजगारीलगायत विभिन्न कारणले व्यक्तिहरु घर छोडेर हिँड्ने र सम्र्पकविहीन हुने गरेको प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीको तर्क छ ।
नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले हराएका ३ सय ४ मध्ये नवलपुरमा घटना दर्ता भएका शारदा लामिछाने र उनका छोराको मात्र स्थिति पत्ता नलागेको बताए ।
प्रकाश मल्लका अनुसार ३ सय ४ मध्ये ७१ जनाको अवस्था अज्ञात भनिएको तीमध्ये कतिपयको अवस्था पत्ता लागेको भए पनि उनीहरु परिवारको सम्पर्कमा आउन नचाहने, विवाह गरेर गएका, कतिपय सोझै परिवारको सम्पर्कमा आएर प्रहरीलाई खबर नगरेका लगायत छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width