पोखरा । प्रजातन्त्र सेनानी स्व. नारायणदत्त–दुर्गाकुमारी रानाभाट स्मृति कोषबाट रक्त क्यान्सर पीडित दिप्तीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । पोखरा ३१ मोहरियामा स्मृति कोषले दिप्तीका बुबा देवबहादुर सापकोटालाई २५ हजार ५ सय ५५ रुपैयाँको चेक स्मृति कोषका अध्यक्ष देवेन्द्र रानाभाटले हस्तान्तरण गरे ।
पोखरा २६ साँघुको मुखमा कार्यालय रहेको कोषमा ६ लाख ६६ हजार ६ सय रुपैयाँ रहेको छ । उक्त रकमको ब्याजबाट हरेक वर्ष १० जोड २ का उत्कृष्ट १ छात्र र १ छात्रालाई नगद, प्रमाण पत्र र दोसल्ला प्रदान गर्ने गरिएको छ भने दुर्गाकुमारी रानाभाट क्यान्सरकै कारण निधन भएको हुँदा हरेक वर्ष १ जना क्यान्सर पीडितलाई २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्दै आइरहेको अध्यक्ष रानाभाटले जानकारी दिए ।
१ असारदेखि क्षेत्रीय अस्पतालको बच्चा वार्डमा उपचार गराइरहेकी दिप्तीको उपचारमा सहयोग गर्न डा. रामचन्द्र बास्तोलाले आह्वान गरेका थिए । हाल दिप्तीको उपचार काठमाडौंको कान्तिबाल अस्पतालमा भइरहेको छ ।
Related News
सम्बन्धित समाचार
अमरसिंह माविको ६८ औं वार्षिकोत्सव
लायन्स लेखनाथमा कृष्णप्रसाद
‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’
फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि
‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’
hero news full width
मुख्य समाचार
सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल
बजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत्र १५, २०८०एमाले कास्कीमा को-को निर्वाचित ? (अन्तिम मतपरिणामसहित)
चैत्र १४, २०८०एमाले कास्की अध्यक्षमा बैनबहादुर विजयी
चैत्र १४, २०८०तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल
चैत्र १४, २०८०बाँदरसँग आजित किसानले गुहारे कानुन मन्त्री, भन्छन् : बाँदर मार्ने कानुन बनाइदेउ
चैत्र १४, २०८०