शनिबारदेखि भारी वर्ष हुने

रासस
श्रावण १, २०७८
Weather

काठमाडौं । शनिबारदेखि मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर शनिबारबाट सोमबारसम्म मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आउने तथा बङ्गालको खाडी अरबियन सागरबाट जलवाष्प युक्त हावा प्रशस्त मात्रामा आउने सम्भावना रहेकाले देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना औँल्याइएको छ । देशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनका साथै ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

हाल देशभर सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक दुई स्थानका हल्कादेखि मध्यम वर्षा भइरहेको छ । शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम तथा सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा २।२ मिलिमिटर वर्षा भएको छ ।

Related News

सम्बन्धित समाचार

  • २८ बुँदे घोषणापत्र जारी गर्दै सकियो मुस्ताङ सम्मेलन

    आदर्श समाज सम्वाददाता असाेज ५, २०७९
    पोखरा । जलवायु परिवर्तनबाट पर्वतीय क्षेत्रमा निम्तने खतरालाई सम्बोधन गर्न ३ तहका सरकारलाई समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गर्ने लगायत…
  •  मुस्ताङमा पर्वतीय वकालत सम्मेलन सुरु

    आदर्श समाज सम्वाददाता असाेज ४, २०७९
    पोखरा । पर्वतीय क्षेत्रले भोग्नुपरेका समस्या र चुनौतीबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्ने उद्देश्यले मुस्ताङमा ‘माउन्टेन एड्भोकेसी समिट’ (पर्वतीय…
  • आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

    रासस भाद्र ८, २०७९
    काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । देशभर आंशिकदेखि सामान्य बदली…
  • निरन्तर वर्षाले जनजीवन अस्तव्यस्त

    आदर्श समाज सम्वाददाता श्रावण १८, २०७९
    पोखरा । केही दिनयता परेको निरन्तर वर्षाले ठाउँठाउँको जनजीवन अस्तव्यस्त बनेको छ । कतै सडक अबरुद्ध हुँदा आवतजावत हुन सकेको…
  • आज मेघ गर्जनसहित वर्षाको सम्भावना

    रासस असार १६, २०७९
    काठमाडौं । देशभर सामान्य बदली रही धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम…

hero news full width