पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली नेतृत्वको टोली भेरोसिल खोप लिएर शुक्रबार गोरखाको उत्तरी गाउँपालिका चुमनुब्री पुगेको छ । उक्त गाउँपालिकाका लागि चाहिने ३ हजार खोप लिएर टोली हेलिकोप्टरमा गएको हो । चुमनुब्रीमा ३ हजार ५ सय खोप चाहिनेमा ५ सय जनाले यस अघि नै खोप लगाइसकेका छन् ।
मुख्यमन्त्री पोखरेलले प्रदेशका सबै नागरिकलाई छिटोभन्दा छिटो खोप उपलब्ध गराउन प्रतिबद्ध रहेको त्यसका लागि बजेटको समेत प्रबन्ध गरिसकेको बताए । संघ सरकारमार्फत प्राप्त खोप प्रदेशको भण्डारण केन्द्रमा राखेर जिल्लाहरुमा पठाइएको र प्राथमिकता प्राप्त व्यक्तिहरुलाई उपलब्ध गराउने मुख्यमन्त्री पोखरेलले निर्देशन दिइसकेका छन् । भण्डारण क्षमता कम भएका कारण प्रदेशबाट तत्काल जिल्लामा पठाउने र त्यसपछि पालिकाहरुमा पठाएर खोप लगाउने गरिएको छ ।
अहिले चुमनुब्री पठाइएको खोप ३ हजार जनालाई नै उपलब्ध गराइने छ । दोस्रो डोजका लागि फेरि प्रदेश सरकारले खोप पु¥याउने छ । खोपका साथमा मुख्यमन्त्रीसहितको टोलीले मास्क, सेनिटाइजर लगायत स्वास्थ्य सामग्रीसमेत लगेको छ । टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङ, ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री हरिशरण आचार्य, प्रमुख सचिव डा. दामोदर रेग्मी छन् ।
माउन्टेल चाइल्ड संस्थाको सहयोगमा हेलिकोप्टरमार्फत् खोप चुमनुब्री पुर्याइएको हो । हेलिकोप्टरले पालिकाका ७ वटै वडाको केन्द्रमा खोप छाड्ने छ । बर्खा याममा बाढी पहिरोले बाटो बिगारेपछि एउटा वडाबाट अर्कोमा जान पनि समस्या रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्माले बताए ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
hero news full width
मुख्य समाचार
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१प्रकट पगेनी ‘शिव’ को निधन
वैशाख ४, २०८१