‘काम गर्ने वातावरण बनाऊ’

आदर्श समाज सम्वाददाता
श्रावण १, २०७८
pcci

पोखरा । पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको घरेलु उद्योग तथा हस्तकला उपसमितिले घरेलु तथा हस्तकला उद्योगमा आवद्ध व्यवसायीलाई सहज रुपमा कर्जा पाउने वातावरण बनाउन जोड दिएको छ ।
उपसमितिसंयोजक पवित्रादेवी गुरुङको अध्यक्षतामा बसेका बैठकले महिलाले सञ्चालन गरेका यस्ता व्यवसायमा कर्जा प्रवाह सहज बनाउन सरोकारवाला निकाय गुहार्ने निर्णय पनि गरेको छ । बैठकले हस्तकला तथा घरेलु उद्योग संघसँग आवद्ध तथा यो व्यवसायमा संलग्न महिला व्यवसायीलाई एकजुट बनाउने, गुणस्तरीय तथा प्रतिष्पर्धी उत्पादनको लागि आवश्यक पर्ने तालिम आयोजना गर्ने तथा फर्निचर, कृषि, मेटल व्यवसायमा संलग्न महिलाहरुलाई पनि उपसमितिमा आवद्ध गराउने जनाएको छ । बैठकले महिला उद्यमीको लागि कोभिडविरुद्धको खोप उपलब्ध गराउन सरकारसँग माग पनि गरेको छ ।
पोखरा उद्योग वाणिज्य संघअन्तर्गत गठित उपसमितिको संयोजकमा संघका कार्यसमिति सदस्य पवित्रादेवी गुरुङ संयोजक तथा कार्यसमितिकी सदस्य शोभा गौतम सहसंयोजक छन् । कार्यसमिति सदस्यमा कुमारी मुना बास्तोला, चन्द्रा शर्र्मा, राधा श्रेष्ठ, योगाकुमारी गौतम, पार्वतीकुमारी शर्मा, सुनकुमारी गुरुङ, सरा बोगटी, सुशीला खनाल, मत्ता गुरुङ र सुन्ती पुर्जा छन् । सल्लाहकारमा दिनेश आचार्य, बिन्दु कोइराला सुवेदी, चीनुकुमारी गुरुङ,सीता गुरुङ, गंगा कुँवर, सीता बराल, रामकली खड्का र मीनाकुमारी पराजुली छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width