२७ हजार कारबाही, झण्डै २ करोड राजस्व

आदर्श समाज सम्वाददाता
श्रावण १, २०७८
Traffice Photo

पोखरा । कास्कीमा करिब २७ हजार सवारी कारबाहीमा परेका छन् । आर्थिक वर्ष २०७७/७८ मा २६ हजार ९ सय ९५ सवारी कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा १ वर्षभित्र दुई तथा चारपाङ्ग्रे गरी सो संख्यामा सवारी कारबाहीमा परेका हुन् ।
गत आर्थिक वर्षको साउनमा सबैभन्दा बढी ३ हजार ४ सय र कम जेठमा २ सय ३१ सवारी कारबाहीमा परेका थिए । असारमा ७ सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएको कार्यालयले जनाएको छ ।
अधिकांश महिना लकडाउन भए पनि सवारी कारबाहीको संख्यामा कमी नआएको ट्राफिक कार्यालयले जनाएको छ । यसबीचमा ४ हजार ५ सय ५५ ट्रक/टिपर, ३ हजार ९ सय ७७ बस, ७ हजार १ सय ७१ कार/जिप तथा १ हजार २ सय ८५ ट्याक्टर कारबाहीमा परेका थिए । सबैभन्दा बढी दुईपाङ्ग्रे सवारी समातिएका थिए । १ वर्षभित्र १ हजार ४ सवारी कारबाहीमा परेको कार्यालयले जनाएको छ । आव २०७६/७७ मा ५४ हजार ३ सय ५० सवारी कारबाहीमा परेका थिए ।
कारबाही पर्नेहरुमा जथाभाबी सडक तथा फुटपाथमा पार्किङ गर्नेहरु सबैभन्दा बढी छन् । नियम पालना नगर्ने तथा सवारी चालक अनुमति (लाइसेन्स) लगायत कागजात नभएकालाई कार्यालय कारबाही गरेको हो । आव २०७७/७८ मा सवारी कारबाहीबाट १ करोड ९० लाख ५९ हजार ७ सय राजस्व संकलन भएको छ । सबैभन्दा बढी साउनमा २५ लाख २३ हजार राजस्व उठेको हो भने सबैभन्दा कम जेठमा १ लाख ६२ हजार संकलन भएको छ । अघिल्लो वर्ष २०७६/७७ मा ४ करोड १० लाख १७ हजार राजस्व संकलन गरेको थियो ।
बन्दाबन्दीबीच चालू आवको अन्तिम महिना असारमात्रै १ हजार २ सय १५ सवारी कारबाहीमा पर्दा ८४ हजार राजस्व उठेको थियो । जसमा ८ सय ४ चारपाङ्ग्रे र ४ सय ११ दुईपाङ्ग्रे गाडी कारबाहीमा परेका थिए ।

Related News

सम्बन्धित समाचार

  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…
  • छोरेपाटन भूपू विद्यार्थीबीच शुभकामना

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्चले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । छोरेपाटन मावि विद्यालय व्यवस्थापन…
  • भारतद्वारा ३५ एम्बुलेन्स र ६६ स्कुल बस उपहार

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । भारतीय राजदूतावास, काठमाडौंले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थालाई ३५ एम्बुलेन्स र…

hero news full width