गण्डकीमा १७३ संक्रमणमुक्त

आदर्श समाज सम्वाददाता
श्रावण १, २०७८
Corona Banner

पोखरा । गण्डकी प्रदेशमा थप १ सय ७३ जनाले कोरोना जितेका छन् । बुधबार ३ सय ७७ जनाले कारोना जिते पनि बिहीबार भने त्यो संख्या घटेको हो । योसँगै प्रदेशमा कोरोना निको हुनेको संख्या ५६ हजार ६ सय ९६ पुगेको छ ।
प्रदेशमा बिहीबार ३ सय ६० जना संक्रमित थपिए । बुधबार संक्रमितभन्दा निको हुने संख्या धेरै भए पनि बिहीबार संक्रमित बढे । प्रदेशमा १ हजार १ सय जनाको नमुना परीक्षणमा ३२.७२ प्रतिशतमा पोजेटिभ देखिएको हो । कास्कीका १ सय ८२ सहित म्याग्दीका ५, पर्वतका १, गोरखाका ३९ र लमजुङका ९ जनामा कोरोना संक्रमण देखिएको हो । यसैगरी तनहुँमा १७, बागलुङमा २६, स्याङ्जामा २१ जना र नवलपुरमा ६० जनालाई कोरोना संक्रमण भएको हो । मनाङ र मुस्ताङ बाहेक प्रदेशका ९ जिल्लामा १ सय ८३ पुरुष तथा १ सय ७७ जना महिलामा कोरोना पुष्टि भएको हो ।
योसँगै प्रदेशमा संक्रमितको कुल संख्या ६० हजार ५ सय १९ पुगेको छ । नेपालमा १ हजार ७ सय ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २ सय ५६ पिसिआर परीक्षणमा बिहीबार थप १ हजार ७ सय ८२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ५ सय १२ परीक्षणबाट ८ सय ९४ मा संक्रमण देखिएको छ । २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार ७ सय ६८ परीक्षणमा २ हजार ६ सय ७६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ६२ हजार ५ सय ७० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५७ संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख २६ हजार ४ सय ६८ पुगेको छ ।

६ जनाको मृत्यु
कोरोना संक्रमणबाट गण्डकीमा थप ६ जनाको मृत्यु भएको छ । बुधबार मृत्यु हुनेको संख्या शून्य रहेकोमा बिहीबार एक्कासि बढेर ६ पुगेको हो । नवलपुरका ३ सहित कास्की, पर्वत र स्याङ्जाका १/१ जनाको ज्यान गएको हो ।
नवलपुरको मध्यविन्दु नगरपालिका ८ का ५० वर्षीय पुरूषको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार क्रममा मृत्यु भएको हो । मध्यविन्दु १ का ६७ वर्षीय पुरूषको भरतपुर अस्पतालमा निधन भएको हो । देवचुली नगरपालिका १३ की ५४ वर्षीया महिलाको मध्यविन्दु अस्पतालमा ज्यान गएको छ ।
यसैगरी, पोखरा महानगरपालिका ८ की ५५ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, पर्वतको कुश्मा नगरपालिका ४ की ३१ वर्षीया महिलाको चरक मेमोरियल अस्पतालमा र स्याङ्जाको वालिङ नगरपालिका ११ का ३४ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको छ ।
योसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १४ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ४ सय ६३ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width