अमूर्त संस्कृतिको संरक्षणमा जोड

आदर्श समाज सम्वाददाता
असार ३०, २०७८
Kaura News 1

पोखरा  । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान उपाध्यक्ष गोकुल घर्तीमगरले सबै आदिवासी जनजाति समुदायको अमूर्त संस्कृति बचाउन प्रतिष्ठानले प्रोत्साहन गर्ने बताएका छन् ।
प्रतिष्ठानले पोखरामा आयोजना गरेको ‘आदिवासी जनजाति मगर समुदायको लोपोन्मुख अमूर्त संस्कृति कौराहा नाचको अभिलेखीकरण’ सम्बन्धी अन्तत्र्रिmयालाई सम्बोधन गर्दै उपाध्यक्ष घर्तीमगरले लोपोन्मुख अमूर्त संस्कृतिको संरक्षणका लागि प्रतिष्ठानले सबैलाई प्रोत्साहन गर्ने बताए ।
आधुनिकीकरण नाममा अमूर्त संस्कृतिको मौलिकता मर्न दिन नहुनेमा सचेत गराउँदै उहाँले समयानुकूल परिमार्जन हुन सक्ने भए पनि मौलिकता भने बचाउनुपर्ने बताए । तीव्र कोरोना संक्रमणका कारण समयमा कार्यक्रम सम्पन्न गर्न नसकिए ढिलै भए पनि आयोजित कार्यक्रमले मगर समुदायको अमूर्त संस्कृति कौराहा नाचको अभिलेखीकरणमा महत्वपूर्ण टेवा मिल्ने विश्वास व्यक्त गरे । राष्ट्रिय मौलिक कौरा संरक्षण समिति अध्यक्ष हर्क आलेमगरले पछिल्लो समयमा आधुनिकताको नाममा कौराहा नाचको मौलिकता हराउँदै गएकोप्रति चिन्ता व्यक्त गरे ।
समिति सचिव नन्दु थापामगरले मगर जातिको पहिचानका रुपमा रहेको कौराहा नाच आज आदिवासी जनजाति मात्र नभएर सबै नेपालीको सांस्कृतिक पहिचान बनेको धारणा राखिन् । कार्यक्रममा नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगरले पनि कौराहा नाचबारे बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width