बजेटको विरोधमा एमाले सांसदले मन्त्रीकै टेवुल फालिदिए

आदर्श समाज सम्वाददाता
असार ३०, २०७८
vlcsnap-2021-07-14-16h51m10s659

पोखरा ।
सरकारले ल्याएको बजेटको विरोधमा एमालेले संसद अवरुद्ध गरेको छ । आइतबारदेखि सुरु भएको बैठकमा रकमान्तरको विरोध गर्दै अवरोध ग¥यो । पछि त्यसमा सहमति जुट्यो । संसदीय अनुगमन समिति गठन गर्ने सहमति पछि संसद सूचारु भयो ।

सोमबार टेबुल गरिएको विनियोजन विधेयकमाथी आज छलफलको कार्यसूची थियो । सुरुदेखि नै अवरोध गरिरहेको एमालेले सदन चल्नै दिएन । लगातार तीन पटक सदन अवरुद्ध भएपछि मार्शल लगाएर सदन चलाईयो ।

तर एमाले सांसदहरु बसिरहेको कुर्ची छोडेर संसदको रोष्टम अघि नाराबाजीमा उत्रिए । त्यतिमा मात्रै रोकिएनन्, केहिबेर सत्तापक्ष र प्रतिपक्षी सांसदबीच भनाभन भयो । पुर्व मन्त्री तथा एमाले सांसद रामशरण बस्नेतले मन्त्रीको टेवुल नै नै फालिदिए । बस्नेत यसअघिको सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री थिए ।

एमालेको अवरोध बीच आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । आफ्नो कुरा नसुनेपछि एमाले सांसदहरु केहिबेर नाराबाजी गरेर सदनबाट बाहिरिएका थिए । आफ्नो सरकारको पालामा ल्याएका राम्रा योजनाको बजेट काटेकोमा उनीहरुको आपत्ति छ ।

Related News

सम्बन्धित समाचार

hero news full width