डेभिजफल सहकारीको ११ औं वार्षिकोत्सवमा रक्तदान

आदर्श समाज सम्वाददाता
असार ३०, २०७८
blood donation

पोखरा । डेभिजफल बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिकोत्सव अवसरमा मंगलबार रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा २७ युनिट रगत संकलन भएको सहकारी प्रबन्धक यज्ञप्रसाद भण्डारीले जानकारी दिए ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पहिलो रक्तदाता लेखा समिति संयोजक तेजप्रसाद ढकाललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरे । उनले सहकारीको महत्वबारे बोल्दै सहकारीले मानिसको सानो सानो गर्जो टार्न सहयोगसिद्ध हुँदै गएको बताए । उनले डेभिजफल निजी क्षेत्रलाई दिने भन्ने चर्चाको विषयमा बोल्दै यसबारे सबैसँग बसेर छलफल गरिने दोहो¥याए ।
पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत विविध कार्यक्रम गर्दै आएको भन्दै सहकारीको क्रियाकलापको प्रशंसा गरे ।
कार्यक्रममा रेडक्रस सोसाइटी वडा १७ का सभापति झपिन्द्रराज रेग्मी, कांग्रेस वडा १७ सभापति देवराज आचार्य, सहकारी सल्लाहकार एवं शीतल बचत तथा ऋण सहकारीका उपाध्यक्ष युवराज लामिछाने ‘युवक’, डेभिजफल टोल विकास संस्थाका अध्यक्ष प्रवीण पौडेल, सल्लाहकार देवीबहादुर थापा, योगनाथ ढकाल, लगायतले रक्तदानको महत्वबारे बोलेका थिए ।
सहकारी अध्यक्ष राजन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी उपाध्यक्ष एवं कार्यक्रम संयोजक भीष्मजी कार्कीले स्वागत र सचिव राजेन्द्रबहादुर थापाले सञ्चालन गरेका थिए ।
सो अवसरमा डेभिजफल बचत तथा ऋण सहकारीले पोखरा महानगर र वडा नम्बर १७ कार्यालयलाई कोरोनाविरुद्ध स्वास्थ्य सुरक्षा सामग्री समेत हस्तान्तरण गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • नेपाल निर्माण व्यवसायी संघको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता असाेज १०, २०७९
    पोखरा, ११ असोज । नेपाल निर्माण व्यवसायी संघ कास्कीले दसैंतिहार, नेपाल संवत् ११४३ तथा छठ पर्व अवसरमा सोमबार शुभकामना आदानप्रदान कार्यक्रम…
  • प्रेमशान्ति साहित्य पुरस्कार मधुश्रीलाई

    आदर्श समाज सम्वाददाता असाेज १०, २०७९
    पोखरा । लमजुङ–पोखरा सम्पर्क समितिले प्रेमशान्ति राष्ट्रिय साहित्य पुरस्कारबाट कथाकार मन्दिरा मधुश्रीलाई सम्मान गरेको छ । समितिले हरेक वर्ष प्रदान…
  • शुक्ललाई गल्फ उपाधि

    आदर्श समाज सम्वाददाता असाेज १०, २०७९
    पोखरा । नवौं राष्ट्रिय खेलकुदमा ४ पुरुष र ३ महिला गल्फर प्रशिक्षणमा व्यस्त रहँदा प्रतिस्पर्धात्मक खेल खेल्दै पाका गल्फरले उनीहरुलाई…
  • टुँडिखेलमा ऐतिहासिक दसैं मेला

    आदर्श समाज सम्वाददाता असाेज १०, २०७९
    पोखरा । राष्ट्रिय मावि, पोखराको व्यवस्थापनमा पुरानो टुँडिखेलमा ऐतिहासिक दसैं मेला हुने भएको छ । स्थानीयको आवश्यकता र आर्थिक बिनिमय…
  • जनप्रियमा शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता असाेज १०, २०७९
    पोखरा । दसैंतिहार लगायत पर्व अवसरमा जनप्रिय बहुमुखी क्याम्पस, पोखराले शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ । शुभकामना मन्तव्य…

hero news full width