जडिबुटी प्रवद्र्धनमा जोड दिनुपर्छः स्वास्थ्य मन्त्री

आदर्श समाज सम्वाददाता
असार ३०, २०७८
ayurbed news

पोखरा । गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले गण्डकी प्रदेश बहुमूल्य जडीबुटी भएको प्रदेश भएको बताएकी छन् । गण्डकी आयुर्वेद औषधालयको वार्षिक समीक्षा कार्यक्रममा उनले प्रदेशको माथिल्लो भागमा रहेको जिल्लामा पाइने जडिबुटी प्रवद्र्धन गर्नुपर्ने उनको भनाइ थियो ।
मानिसको जीवनशैली भोगविलासीतर्फ गइरहेको अवस्थामा प्राकृतिक उपचार प्रणाली, अर्गानिक खाना, औषधीय गुण भएका जडिबुटीको विकास, संरक्षण, बिस्तारीकरण महत्वपूर्ण विषय रहेकोमा उनको भनाइ छ । ग्रामीण भेगका जडिबुटीदेखि विश्वबजारमा बहुमूल्यमा बिक्री हुने जडिबुटीलाई राज्यले उचित व्यवस्थापन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
मन्त्रालयका सचिव डा. विनोदबिन्दु शर्माले सीमित स्रोतसाधनबीच गण्डकी आयुर्वेद औषधालयले प्रगति गरेको बताए । सरकारले यो क्षेत्रको विकासका लागि आवश्यक पहल गर्ने र मन्त्रालयले समन्वय गर्ने उनले उल्लेख गरे । औषधालयका प्रमुख डा. कुमार कासुलाले रणनीतिक तहगत समस्याको पहिचान भएको र यसको निराकरण हुने अपेक्षा गरेको बताए ।
कार्यक्रममा औषधालयले निर्माण गरेको प्रदेशभित्रका आर्युर्वेदिक विषयको जानकारी समेटिएकोे डायरी विमोचन गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width