प्रधानमन्त्री देउवाले लिए शपथ, ५ सदस्यीय मन्त्रिमण्डल बिस्तार

आदर्श समाज सम्वाददाता
असार २९, २०७८
Sapath

काठमाडौं, २९ असार । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्रीमा नियुक्ति गर्दाको भाषा सच्चिएपछि उनी शपथ ग्रहणका लागि राजी भएका हुन् ।
उनले मंगलबार पाँचौ पटक प्रधानमन्त्रीको सपथग्रहण गरे। साथै उनले ५ सदस्यीय मन्त्रिपरिषद् गठनसमेत गरेका छन् । संविधानतः ३० दिनभित्र संसद्मा विश्वासको मत लिनुपर्ने संवैधानिक चुनौती भने कायम छ ।

देउवा नेतृत्वको मन्त्रिमण्डलमा बालकृष्ण खाँड गृहमन्त्री बनेका छन् । यस्तै, नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्री तथा माओवादी नेतृ पम्फा भुसाल ऊर्जा मन्त्री बनेकी छन् । देउवा नेतृत्वको अघिल्लो सरकारमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अहिले कानुन मन्त्रीको शपथ लिए ।

सोमबार सर्वोच्चको फैसलाबमोजिम साथै नेपालको संविधानको धारा ७६ (५) अनुसार कांग्रेस संसदीय दलका नेता देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width