हेमजाका स्वयंसेविकालाई छाता र पछ्यौरा

आदर्श समाज सम्वाददाता
असार २९, २०७८
news 28 shree

हेमजा । पोखरा २५, हेमजाको वडा कार्यालयले वडाभित्रका महिला स्वास्थ्य स्वयं सेविकालाई छाता र पछ्यौरा (सल) प्रदान गरेको छ । कार्यालयले वडाका कूल ३५ स्वयंसेविकालाई आइतबार कार्यक्रमबीच ती सामग्री प्रदान गरेको हो । त्यस अवसरमा बहुद्देश्यीय सामुदायिक सिकाई केन्द्रले स्वयंसेविकालाई झोला पनि वितरण गरेको थियो ।
उक्त कार्यक्रममा धारणा राख्दै वडाध्यक्ष शोभाकर तिम्सिनाले स्वयंसेविकाको कार्य प्रशंसनीय रहँदै आएको चर्चा गर्दै मानिसमा हरेक मृत्युदर घटाउन स्वयं सेविकाको उल्लेख्य योगदान रहँदै आएको बताए । पछिल्लो पटक कोरोना भाइरस नियन्त्रणमा पनि स्वयं सेविकाको कार्य सराहनीय रहेको उनको ठहर छ ।
वडा सदस्य लक्ष्मी अधिकारीले स्वयंसेविकाको प्रोत्साहन गर्नुपर्ने भन्दै वडाले कार्यक्रम राखेको औंल्याइन् । कार्यक्रममा कार्यक्रमकी संयोजक वडा सदस्य तारा विश्वकर्मा, वडा सचिव ईश्वरीप्रसाद पोखरेल, वडा स्तरीय स्वयं सेविकाकी अध्यक्ष शान्ता केसी, बहुद्देश्यीय सामुदायिक सिकाइ केन्द्रकी परिचालिका गंगा त्रिपाठी, स्वयंसेविका विष्णुकुमारी श्रेष्ठलगायतले पनि धारणा राखेका थिए ।
त्यस्तै सोही दिन हेमजा स्वास्थ्य चौकीमा कार्यरत ७ कर्मचारीलाई पनि छाता प्रदान गरिएको छ ।

Related News

सम्बन्धित समाचार

    • बस दुर्घटनामा ११ घाइते

      रासस श्रावण १८, २०७८
      गलकोट । बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै गरेको…
    • ए डिजिभन लिग फुटबल कात्तिक अन्तिम सातादेखि

      रासस श्रावण १८, २०७८
      काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग कात्तिक अन्तिम सातादेखि सञ्चालन हुने भएको छ । सो प्रतियोगिता आगामी कात्तिक २९…
    • एमबीलाई कौराहा पत्रकारिता पुरस्कार अर्पण

      आदर्श समाज सम्वाददाता श्रावण १८, २०७८
      पोखरा । नेपाल मगर पत्रकार संघ, कास्कीले हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०७८ बाट कास्कीका…
    • सिर्जनाको वक्तृतामा रोशनी प्रथम

      आदर्श समाज सम्वाददाता श्रावण १८, २०७८
      पोखरा । पोखरा ८ शान्तिमार्गस्थित सिर्जना आवासीय माध्यमिक विद्यालयको व्यवस्थापनमा नेपाली वक्तृत्वकला प्रतियोगिता भएको छ । अनलाइनमार्फत भएको प्रतिस्पर्धामा कक्षा…
    • विद्यार्थीलाई लागुपदार्थविरुद्ध सचेतना

      आदर्श समाज सम्वाददाता श्रावण १८, २०७८
      पोखरा । हिलसाइड सेकेन्डरी बोर्डिङ स्कुल मालेपाटनका ७५ जना विद्यार्थीलाई लागुपदार्थविरुद्ध सचेतना कार्यक्रम गरिएको छ । विद्यालयले अनलाइन माध्यमबाट पठनपाठन…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads