डा. रेग्मी गण्डकीका प्रमुख सचिव

आदर्श समाज सम्वाददाता
असार २८, २०७८
damodar regmi

पोखरा  । गण्डकी प्रदेश प्रमुख सचिवमा सरुवा भइ आएका डा. दामोदर रेग्मीले सोमबारदेखि पदभार ग्रहण गरेका छन् ।
उनलाई असार १७ मा सरकारले सचिवमा बढुवा गर्दै त्यही दिन पदस्थापन गरेको थियो ।
पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा ६, बर्तुङ निवासी डा. रेग्मी यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रशासन महाशाखा प्रमुखमा कार्यरत थिए ।
सार्वजनिक प्रशासनका विविध आयामहरूमा कलम चलाउने डा. रेग्मी कुशल लेखकका रुपमासमेत निजामती प्रशासनमा चर्चित छन् । उनी २३ वर्षअघि शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका थिए ।
पदभार ग्रहणकै दिन सोमबार काम प्रभावकारी बनाउने, खर्च गर्ने क्षमतामा वृद्धि गर्ने, आर्थिक मितव्ययिता र अनुशासन कायम गर्ने विषयमा निर्णय भएको डा. रेग्मीले आदर्श समाजलाई जानकारी दिए ।
उनले भने, ‘हाम्रो अहिलेको आवश्यकता भनेको खोप पनि हो । भेरोसिल लगाउने कार्य भइरहेको र अमेरिकाले पठाएको खोप पनि स्वास्थ्य विभागले पठाएको मितिदेखि लगाउने गरी कार्य अघि बढ्नेछ ।’
कर्मचारी संयन्त्र भनेको सरकारको एउटा सहयोगी अंग भन्न रुचाउने डा. रेग्मी यो क्षेत्र विज्ञताले योग्य क्षेत्र हो भन्छन् । लामो अध्ययन र प्रतिस्पर्धाबाट आएको यो अंगले सरकारले चाहेको सर्भिस डेलिभरीलाई आफ्नो योग्यता, प्रक्रिया र कानुन मिलाएर सेवा प्रवाह गर्ने बताउँछन् । साथै सार्वजनिक सेवा प्रवाह पारदर्शी हुनुपर्ने र सेवाग्राहीको कामलाई सहजीकरण गर्नुपर्नेमा उनको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width