६५ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
असार २८, २०७८
blood donation

पोखरा । लायन्स क्लब अफ पोखरा बिरौटा साझा चौतारीको आयोजनामा भएको रक्तदानमा ६५ युनिट रगत संकलन भएको छ । क्लबको वार्षिक कार्यक्रमअन्तर्गत कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रमको उद्घाटन असिस्टेन्ट चिफ एडभाइजर महेश पौडेलले पहिलो रक्तदाता कृष्ण पौडेललाई ब्लडब्याग हस्तान्तरण गरी गरेका थिए ।
क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रममा डेपुटी चिफ गोपाल थापा, डिस्ट्रिक सिनियर एडभाइजर दुर्गाकुमारी आचार्य, जोन चियर पर्सन सावित्रा पौडेललगायतले रक्तदानको महत्वबारे बोलेका थिए ।
क्लबका अध्यक्ष गीता पराजुलीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव विद्या पौडेल अधिकारीले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width