Worldlink ads

बाटो भत्किएर कारागारमा क्षति

आदर्श समाज सम्वाददाता
असार २८, २०७८
way karagar

स्याङ्जा । स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका १ स्थित ठाडोलाइन–पुतलीखेत जोड्ने बाटो भत्किएर कागारार परिसरमा ढुंगा माटो कारागारतर्फ झरेको छ । गतवर्ष निर्माण गरेको उक्त पक्की मोटरबाटो आइतबार मध्यान्हमा भत्किएको हो ।

जिल्ला अदालत परिसरभन्दा मुनि र कारागार शाखाभन्दा माथितिरको सडक भत्किएको हो । सवारी साधन चलाउन र मानिसलाई आवतजावत गर्न दिइएको थिएन् ।
कारागार शाखामाथिको भाग चर्किएर जमिन नै ढल्केको देखेपछि कारागारभित्र बसेका ३० जना कैदीबन्दीलाई पोखरा र तनहुँका कारागार शाखामा स्थानान्तरण गरिएको जेलर चूडामणि भण्डारीले जानकारी दिए ।

कारागार शाखा प्रमुख भण्डारीका अनुसार यस्तै वर्षा भइरहने हो भने कारागारलाई पनि थप असर पार्न सक्ने भएपछि उनीहरुलाई स्थानान्तरण गरिएको हो । पुतलीखेत र स्याङ्जा जोड्ने यो छोटो मार्ग हो ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads