फेवाको सिल्टेसन ड्याम डिजाइन गर्ने इन्जिनियरलाई महानगरले सोध्यो ध्यानाकर्षण

आदर्श समाज सम्वाददाता
असार २८, २०७८
Harpan Khola Photo a

पोखरा । हर्पन खोलामा निर्मित सिल्टेसन ड्याममा क्षति पुगेको क्षतिप्रति पोखरा महानगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ ।

फेवाताल संरक्षणको उद्देश्य राखेर गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा महानगरले ४ वटा खोलामा निर्माण गरिएका सिल्टेसन ड्याममध्ये हपर्न खोलामा बनाइएको ड्याममा क्षति पुगेको बारेमा आएका प्रतिक्रियामा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले विज्ञप्तिमार्फत ध्यानाकर्षण भएको जनाएका हुन् ।

‘क्षतिग्रस्त उक्त सिल्टेसन ड्यामको गुणस्तर तथा निर्माणको क्रममा तयार गरिएको डिजाइन विषयमा केन्द्रित भई प्रतिक्रिया आएको पाइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘डिजाइन के, कुन आधारमा गरिएको हो, डिजाइनमा भएको त्रुटिका कारणले यस्तो घटना भएको हो वा होइन भनी सो ड्यामको डिजाइन तयार गर्ने परामर्शदातालाई यस कार्यालयतर्फबाट स्पष्टीकरण सोधिएको छ ।’

उक्त ड्याममा अघिल्लो वर्षात्मा भएको क्षति पश्चात गरिएको मर्मत सम्भारको विषयमा प्रश्न उठाइ उक्त निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीलाई पुनः मर्मत सम्भार गर्न पत्राचार गरिएको भन्दै विज्ञप्तिमा डिजाइनकर्ता तथा निर्माण व्यवसायीतर्फबाट कुनै जवाफ प्राप्त नभएकाले महानगरपालिकाले ताकेता गरेको उल्लेख गरिएको छ ।

Related News

सम्बन्धित समाचार

    • सातामै करिब २९ सय संक्रमित

      आदर्श समाज सम्वाददाता श्रावण ११, २०७८
      पोखरा  । गण्डकी प्रदेशमा पछिल्लो साता थप २ हजार ८ सय ८९ जना संक्रमित भएका छन् । लकडाउन खुकुलो भएसँगै संक्रमित…
    • पोखराको पहिलो आकाशे पुल सञ्चालनमा

      रासस श्रावण ११, २०७८
      पोखरा । पर्यटकीय नगरी पोखराको मुख्य ठाउँ सिर्जनाचोकमा यात्रु आवतजावत गर्ने आकाशे पुल सञ्चालनमा आएको छ । बढ्दो जनसङ्ख्या र…
    • जसपामायादव पक्षको बहुमत

      रासस श्रावण ११, २०७८
      काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्यको सनाखत लिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र…
    • चन्द्रबहादुरको आम्दानी ३० हजार, भाडा डेढ सय

      सविन लामिछाने श्रावण ११, २०७८
      दमौली । पृथ्वीराजमार्गको छेउमै टिनले छाएको र टिनले नै बारेको टंकी । त्यही टंकीको सहारामा पालिन्छन् चन्द्रबहादुर नेपालीको परिवारका ९…
    • कोरोना कहरमा झन् बढे भ्रष्टाचारका उजुरी

      धनबहादुर गुरुङ श्रावण ११, २०७८
      पोखरा । कोरोना महामारीकै बीचमा गत वर्षको पुस २२ गते तनहुँमा १ जना इन्जिनियर डेढ लाख घुससहित पक्राउ परे ।…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads