पहिरोले बस्ती जोखिममा

सविन लामिछाने
असार २८, २०७८
bandi pur sadad jokhim

दमौली । बन्दीपुर २ का सन्तबहादुर नेपाली पहिरोमा पुरिएको बाबियो निकाल्दै गरेको अवस्थामा शनिबार दिउँसो भेटिए । नयाँ घर छाउन केही साता अघि काटेर सुकाउन राखेको बाबियो गएको बुधबार राति २ बजे आएको पहिरोले पुरिदियो । ‘नयाँ घर छाउन बाबियो काटेर सुकाएको थिए । सबै पहिराले पुरिदियो । अन्य काममा प्रयोग हुन्छ कि भनेर निकाल्दै सुकाउँदै छु ।’

बन्दीपुर जाने मुख्य सडकखण्ड भन्दामाथि २ सडक खनिएको छ । बन्दीपुर–मुचोक–छाब्दी सडक खन्दाको असरले उक्त ठाउँमा पहिरो गएको उनले बताए । ‘एउटै डाँडामा २–२ वटा सडक खनिएको छ । अनि कहाँबाट नजाउस् त पहिरो,’ उनले भने, ‘कसैलाई हाम्रो समस्या के थाहा । सबै जनप्रतिनिधि मनलाग्दी गर्छन् ।’ केही ठूला व्यवसायीको जग्गाको भाउ बढाउन बाटो खनिएको उनको आरोप छ । बन्दीपुर–मुचोक–छाब्दी जोड्ने माथिल्लो सडक विघटित प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) को पहलमा संघीय सरकारको बजेटमा खनिएको हो ।

‘एउटै डाँडामा २–२ वटा सडक खनिएको छ, अनि कहाँबाट नजाउस् त पहिरो’

२ आर्थिक वर्षमा २/२ करोड रुपैयाँका दरले विनियोजित बजेटले सडकको काम भएको सदस्य श्रेष्ठको निजी सचिवालयले जनाएको छ । तल्लो सडक खण्ड स्थानीय व्यवसायीले घर निर्माण गर्न आवश्यक पर्ने सामग्री दुवानी गर्नको लागि खनेका हुन् । दुवै बाटो अन्तिममा मुकुन्देश्वरी डाँडामा गए जोडिन्छ । सडक खनेपछि पहिरो जना सुरु भएको स्थानीय बताउँछन् । पहिरोले खहरेको बस्ती समेत जोखिममा परेको छ । पहिरोले विस्थापित खरेका स्थानीय रामबहादुर कुँवरले भने, ‘पोहोर माथि मुचोकको बाटो खनेसी अलि अलि माटो खस्न थालेको थियो । ढुंगाहरु खसेको थिएन । यसपालि फेरि त्यही ठाउँमा डोजर लाइदेसी माथिबाट झरिहाल्यो नि !’

सडकभन्दा माथि मुकुन्देश्वरी डाँडाबाटै पहिरो खसेको उनले बताए । त्यहाँका झन्डै १ दर्जन बढी घर परिवार पूर्णरुपमा विस्थापित भएका छन् भने खेतीयोग्य जमिन बिगारेको गाउँपालिका अध्यक्ष पूर्णसिं थापा बताउँछन् । उनले भने, ‘स्थानीय तहको समन्वयबिना सडक खनियो ।’

पहिलादेखि नै ४ मिटर रहेको उक्त बाटो पछि गाडी लैजान स्थानीय व्यवसायीले फराकिलो बनाएको अध्यक्ष थापाले बताए । जोखिम क्षेत्रमा रहेकालाई कृषि केन्द्र र खहरे आमा समूहको भवनमा बसेका छन् । खहरेमा १३ घरमा पूर्ण क्षति र ९ घरमा आंशिक क्षति पु¥याएको छ भने २६ घर उच्च जोखिममा छन् । पहिरोले दक्षिण धेरै क्षति भएको गाउँपालिकाले जनाएको छ । अध्यक्ष थापाले भने, ‘पहिरोले निर्माण भएका योजना पनि सखाप बनाएको छ । पुननिर्माण गर्न पालिकाले मात्र सक्दैन । अब प्रदेश र केन्द्र सरकारको साथ र सहयोग चाहिन्छ ।’

Related News

सम्बन्धित समाचार

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads