छात्रामाथि यौन दुराचार अभियोगमा प्रअ पक्राउ

आदर्श समाज सम्वाददाता
असार २६, २०७८
1562768011kaski_police

पोखरा । आफ्नै विद्यार्थीमाथि यौन दुराचार गरेको अभियोगमा पोखरामा एक जना प्रधानाध्यापक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा २२, ओखलेडाँडा भुम्दीकोट माविका प्रअ विश्वराज बास्तोला हुन् ।
विद्यालयकी १५ वर्षीया छात्रामाथि यौन दुराचार गरेको अभियोगमा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । छात्राका परिवारले बुधबार दिएको जाहेरी आधारमा प्रहरीले प्रअ बास्तोलालाई पक्राउ गरी प्रारम्भिक बयान समेत लिएको जनाएको छ । तर बयानमा भने आफूले यौन दुराचार नगरेको दाबी गरेको प्रहरी स्रोत बताउँछ ।
ती छात्रा पछिल्लो समय मानसिक समस्याबाट गुज्रिएकोमा परिवारका सदस्यले अस्पताल भर्ना गरेका थिए । उपचारमा शारीरिक बिरामी केही नभेटिएपछि फकाएर सोध्दा दुव्यर्वहारबारे बोलेकी थिइन् । सो खुलासापछि परिवार र गाउँले मिलेर बास्तोलालाई कुटपिटसमेत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width