पोखरा । यस वर्षको राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार पत्रकार एमबी आस्थामगरलाई प्रदान गरिने भएको छ ।
राष्ट्रिय मौलिक कौरा संरक्षण समितिद्वारा स्थापित तथा नेपाल मगर पत्रकार संघ, कास्कीद्वारा सञ्चालित सो पुरस्कारको राशि १० हजार र ताम्रपत्र छ । एमबी आस्था हाल एबिसी न्यूज टेलिभिजनका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् ।
पुरस्कारका लागि गठित प्रतिभा छनौट समितिले सिफारिस गरे अनुसार मगर पत्रकार संघ, कास्कीको शनिबार सम्पन्न बैठकले उनको नाम अनुमोदन गरेको संघका अध्यक्ष रूद्रबहादुर हितानमगरले जानकारी दिए । संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगरको संयोजकत्वमा गठित छनौट समितिमा हर्क आलेमगर, तारामाया थापामगर, नरमाया आलेमगर र रूद्रबहादुर हितानमगर सदस्य थिए ।
मगर जातिको मौलिक संस्कृतिको रुपमा रहेको कौरा नाचको उत्थान र प्रवद्र्धनमा पत्रकारितामार्फत योगदान पुर्याउने मगर पत्रकारलाई हरेक वर्ष सो पुरस्कार प्रदान गरिँदैआएको छ । पुरस्कार हरेक वर्ष जेठ १५ गते कौरा संरक्षण समितिको स्थापना दिवसका दिन प्रदान गरिने भए पनि कोरोना महामारीका कारण ढिलाइ भएको समितिका अध्यक्ष हर्क आलेमगरले जानकारी दिए । अब सो पुरस्कार साउने संक्रान्ति अवसरमा प्रदान गरिनेछ ।
यसअघि, सो पुरस्कार नवलपुरकी कमला रानामगर, कास्कीका तिलकप्रसाद पुनमगर र तनहुँका प्रताप रानामगर पुरस्कृत भइसकेका छन् ।
Related News
सम्बन्धित समाचार
पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु
नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ
तोरन्लमा रमाउँदै थकाली समुदाय
पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी
वाल्मीकि आश्रम पुग्न भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता
hero news full width
मुख्य समाचार
कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१कामचलाउ सरकारको आयु लम्बियो
वैशाख ११, २०८१गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
वैशाख १०, २०८१कतारी राजा नेपाल आउने दिन भोलि सार्वजनिक बिदा
वैशाख १०, २०८१