एमबी आस्थालाई पुरस्कार

आदर्श समाज सम्वाददाता
असार २६, २०७८
Kaura pic

पोखरा । यस वर्षको राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार पत्रकार एमबी आस्थामगरलाई प्रदान गरिने भएको छ ।
राष्ट्रिय मौलिक कौरा संरक्षण समितिद्वारा स्थापित तथा नेपाल मगर पत्रकार संघ, कास्कीद्वारा सञ्चालित सो पुरस्कारको राशि १० हजार र ताम्रपत्र छ । एमबी आस्था हाल एबिसी न्यूज टेलिभिजनका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् ।
पुरस्कारका लागि गठित प्रतिभा छनौट समितिले सिफारिस गरे अनुसार मगर पत्रकार संघ, कास्कीको शनिबार सम्पन्न बैठकले उनको नाम अनुमोदन गरेको संघका अध्यक्ष रूद्रबहादुर हितानमगरले जानकारी दिए । संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगरको संयोजकत्वमा गठित छनौट समितिमा हर्क आलेमगर, तारामाया थापामगर, नरमाया आलेमगर र रूद्रबहादुर हितानमगर सदस्य थिए ।
मगर जातिको मौलिक संस्कृतिको रुपमा रहेको कौरा नाचको उत्थान र प्रवद्र्धनमा पत्रकारितामार्फत योगदान पुर्‍याउने मगर पत्रकारलाई हरेक वर्ष सो पुरस्कार प्रदान गरिँदैआएको छ । पुरस्कार हरेक वर्ष जेठ १५ गते कौरा संरक्षण समितिको स्थापना दिवसका दिन प्रदान गरिने भए पनि कोरोना महामारीका कारण ढिलाइ भएको समितिका अध्यक्ष हर्क आलेमगरले जानकारी दिए । अब सो पुरस्कार साउने संक्रान्ति अवसरमा प्रदान गरिनेछ ।
यसअघि, सो पुरस्कार नवलपुरकी कमला रानामगर, कास्कीका तिलकप्रसाद पुनमगर र तनहुँका प्रताप रानामगर पुरस्कृत भइसकेका छन् ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा आइतबारबाट श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ । ज्ञानमहायज्ञ शुभारम्भ अघि सेती नदीस्थित गाईघाटबाट…
  • नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ । वैशाख…
  • तोरन्लमा रमाउँदै थकाली समुदाय

    धनबहादुर गुरुङ चैत्र ११, २०८०
    पोखरा । फागुपूर्णिमा अवसरमा थकाली सेवा समिति, पोखराको हलमा रौनक छुट्टै छ । कोही नाचगानमा रमाइरहेका छन्, कोही ताराखेलमा जमिरहेका…
  • पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँवर्षदेखि प्रदर्शनी केन्द्रमा हुने श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञको तयारी तीब्र पारिएको छ ।…
  • वाल्मीकि आश्रम पुग्न भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता

    आदर्श समाज सम्वाददाता चैत्र ३, २०८०
    चितवन ।  ऐतिहासिक महत्व बोकेको चितवन राष्ट्रिय निकुञ्जको जंगलभित्र अवस्थित पौराणिक भूमि वाल्मीकि आश्रम जान भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता…

hero news full width