कावासोती अवरुद्ध पूर्वपश्चिम राजमार्ग सञ्चालनमा

रामकुमार श्रेष्ठ
असार २६, २०७८
Mahendra rajmarg

नवलपरासी । नवलपुरको कावासोतीमा अवरुद्ध पूर्वपश्चिम राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

शनिबार दिउँसोबाट पूर्वपश्चिम राजमार्ग दुई तर्फी नै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बाढीले खोल्सामा पानी बढेपछि कावासोती थाना चोक नजिकै डिभिजन वन कार्यालयदेखि पश्चिमको सडक र कल्भर्ड पानीले बगाएको थियो ।

सडक विहीबार विहान ८ बजेदेखि अवरुद्ध भएको थियो शुक्रबार साँझदेखि एकतर्फी बाटो सञ्चालनमा आएको भए पनि शनिबार दिउँसो १२ बजेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको हो ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads