मनाङ मस्र्याङ्दी क्लबद्वारा मनाङमा राहत

आदर्श समाज सम्वाददाता
असार २६, २०७८
Manang Photo

पोखरा । मनाङ मस्र्याङ्दी क्लबले मनाङका बाढी र पहिरो प्रभावितलाई राहत सामग्री वितरण गरेको छ ।
सहिद स्मारक ‘ए’ डिभिजन क्लबले शुक्रबार मनाङको पिसाङ, नगाल र घ्यारुमा राहत वितरण गरेको हो । शनिबार शनिबार हुम्दे र खाङ्सारमा राहत वितरण गर्ने क्लबले जानकारी दिएको छ । मनाङका बाढी पहिरो प्रभावितलाई निस्याङ मनाङ महिला सोसाइटीको सहयोगमा राहत वितरण गरिएको हो ।
बाढी र पहिरोको कारण यातायात नचल्दा मनाङले हेलिकोप्टर चार्टर गरेर मनाङमा राहत पुर्‍याएको हो । मनाङले पछिल्लो समय खेलकुदसँगै सामाजिक कार्य गर्दै आइरहेको छ । मनाङले यस अघि कोरोना प्रभावितलाई निशुल्क खाना वितरण गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width