गण्डकीमा कोरोना संक्रमितभन्दा निको हुने बढ्न थाले

आदर्श समाज सम्वाददाता
असार २६, २०७८
Corona Banner

पोखरा । गण्डकी प्रदेशमा थप ३ सय ३७ जना निको भएका छन् । लकडाउन खुकुलो भएसँगै घटेको निको हुनेको संख्या पछिल्ला दिनमा बढ्न थालेको छ । भने संक्रमण हुने भन्दा निको हुने पनि बढेका छन् ।
बिहीबार ३ सय ५२ जना निको हुँदा २६९ संक्रमित भएको थिए । भने शुक्रबार ३ सय २७ संक्रमणमुक्त हुँदा २ सय ८१ जनामा पोजेटिभ देखिएको हो । प्रदेशको सबैभन्दा बढी कास्कीमा २२ हजार २५६ र कम मनाङमा १ सय १ जना संक्रमणमुक्त भएका छन् । यो सँगै प्रदेशमा ५४ हजार ५४१ जनाले कोरोना जितेका छन् ।
प्रदेशमा १ हजार १ सय १७ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा २५.१५ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको हो । कास्कीका १ सय २९ सहित म्याग्दीका ४, पर्वतका २२, गोरखाका ९ र लमजुङका २३ जना संक्रमित भएका हुन् । यसैगरी तनहुँका २, बागलुङका ४८, स्याङ्जाका ७ र नवलपुरका ३७ जनामा कोरोना पुष्टि भएको हो । बागलुङ, मनाङ र मुस्ताङ बाहेक प्रदेशका ९ जिल्लामा १ सय ५७ पुरुष तथा १ सय २४ जना महिलामा कोरोना पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५८ हजार ६ सय २९ पुगेको छ ।
देशभर १ हजार ४ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार विभिन्न जिल्लामा गरिएको ६ हजार ६ सय ५७ पिसिआर परीक्षणमा १ हजार ४ सय ७९ जनामा कोरोना पुष्टि भएको हो । ४ हजार ६ सय ५६ एन्टिजेन परीक्षणमा ७ सय ६० जनामा कोरोना संक्रमण देखिएको छ । पिसिआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार २ सय ३९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ५२ हजार ८ सय ५९ पुगेको छ । यस्तै, २४ घन्टामा १ हजार ३ सय १६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ६ लाख १६ हजार ९ सय २९ पुगेको छ ।

कोरोना संक्रमणबाट ७ जनाको मृत्यु
गण्डकी प्रदेशमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कास्की र बागलुङको ३÷३ सहित तनहुँका एक जनाको शुक्रबार कोरोनाबाट ज्यान गएको हो ।
कास्कीको पोखरा नगरपालिका ७ का ९३ वर्षीय पुरूषकोे चरक मेमोरियल अस्पताल, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । पोखरा २ की ४८ वर्षीया कोरोना संक्रमित महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा निधन भएको हो । पोखरा २१ का ९४ बर्षीय कोरोना संक्रमित पुरूषको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा ज्यान गएको हो ।
यसैगरी बाग्लुङको बडिगाड गाउँपालिका ५ की ५२ वर्षीय महिलाको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । बाग्लुङ नगरपालिका २ का ७८ वर्षीय कोरोना संक्रमित पुरूषको धौलागिरी अस्पताल, बागलुङमा उपचारको क्रममा निधन भएको हो । बाग्लुङ नगरपालिका ३ की ५५ वर्षीया महिलाको धौलागिरी अस्पताल, बागलुङमा उपचारको क्रममै ज्यान गएको हो । तनहुँको म्याग्दे गाउँपालिका ३ की ५० वर्षीय महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा निधन भएको हो ।
योसँगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय ८८ पुगेको छ । देशभर गरी थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३ सय ४० पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width