सुरक्षित आप्रवासन परियोजनाबारे अन्तर्क्रिया

आदर्श समाज सम्वाददाता
असार २५, २०७८
sami

स्याङ्जा । सुरक्षित आप्रवासन परियोजना (सामी) परियोजनाले वैदेशिक रोजगारमा जाने र तिनका आश्रित परिवारलाई निकै सहयोग पु¥याएको बताइएको छ । सामीबारे जिल्लाका पत्रकारसँगको अन्र्तक्रियाका वक्ताले सो कुरा बताएका हुन् ।
पुतलीबजार नगरपालिकाको आयोजना तथा अन्धाअन्धी सामुदायिक विकास केन्द्रको ब्यवस्थापनमा सञ्चालित परियोजनाले अहिलेसम्म गरेका कामबारे पत्रकारलाई जानकारी गराउनुका साथै अन्तक्र्रिया गरिएको थियो ।
कार्यक्रममा पुतलीबजार नगर प्रमुख सीमा क्षेत्रीले वैदेशिक रोजगारका लागि जाने र उनका आश्रित परिवारका लागि परियोजनाले धेरै सहयोग पु¥याएको बताइन् । उनले यस्ता परियोजना जिल्लाका सबै पालिकामा लागु गर्न सकेमा धेरै समस्या हटेर जाने बताइन् । फजुल खर्च कटाएर आयआर्जनतर्फ महिलालाई आकर्षित गराएको उनको भनाइ छ । रोजगारका लागि विदेश जानेहरुका समस्या पहिचान भएकाले समाधान गर्न सहज भएको छ । विदेश जाँदा सीप सिकेर जान उनको सुझाव छ ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा नेपाल, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी लगायतले परियोजनाले सकारात्मक प्रभाव पारेको बताउँदै कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुरुप वैदेशिक रोजगार सम्बन्धी व्यवस्थाबारे योजना तथा प्रशासकीय अधिकृत ताराचन्द्र ढकालले र अन्धाअन्धी सामुदायिक स्रोत विकास केन्द्रका परियोजना संयोजक एकनारायण सापकोटाले सुरक्षित बैदेशिक रोजगारीका अवस्था, अवसर, चुनौती र समस्या समाधानका बारेमा सामीले गर्दै आएका काम कारबाहीबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
स्याङ्जाबाट वैदेशिक रोजगारमा जाने मानिसको संख्या बढी छ । स्वीस सरकार र नेपाल सरकारको सहयोगमा सञ्चालित ३ वर्षे परियोजना स्याङ्जाका पुतलीबजार, वालिङ, गल्याङ नगरपालिका र हरिनास गाउँपालिकामा सञ्चालित छ । परियोजनाको समायावधि अब १ वर्षको छ ।
वैदेशिक रोजगारमा रहेका कामदार र तिनका परिवार राज्य संयन्त्रबाट संरक्षित तथा गन्तव्य मुलुकमा मर्यादित काम गर्ने वातावरण सिर्जना गर्ने उद्देश्यले परियोजना सञ्चालन गरिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width