कास्कीमा लकडाउन खुकुलो

आदर्श समाज सम्वाददाता
असार २५, २०७८
cdo office

पोखरा । कास्कीमा विभिन्न सेवा खुकुलो पार्दै निषेधाज्ञा १० दिन बढाइएको छ । असार २५ देखि निजी तथा सार्वजनिक सवारीसाधन जोरबिजोर आधारमा सञ्चालन हुने छन् भने विभिन्न पेसा, व्यवसाय, पसल बिहान ५ देखि साँझ ८ बजेसम्म खोल्न पाइने भएको छ ।
प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको निर्णय आधारमा असार २५ देखि साउन ५ सम्म निषेधाज्ञा अवधि बढाउने आदेश जारी गरेका हुन् । गत वैशाख १५ देखि सुरु निषेधाज्ञा असार २५ गते मध्यरातसम्म कायमै छ ।
अबको आदेशानुसार निजी सवारीसाधन (साना सवारी चार पांग्रे, दुई पांग्रेको हकमा जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका गाडी सञ्चालन गर्न सकिनेछ । चार पांग्रेमा चालकसहित ४ जना यात्रु मात्र राख्न पाइनेछ ।
यस्तै, सिनेमा हल, पार्टी प्यालेस, होटल रेष्टुरेन्ट, चिया पसल, खाजा पसल, मोटेल, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुटसल, खेलकुदस्थल, जिमखाना, फिटनेस सेन्टर, स्पा, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलुन, फुटपाथ पसल लगायत सेवा खोल्न पाइने छैन । अन्य पसल, व्यवाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड भने कायम गर्नुपर्नेछ । ढुंगा, गिटी, बालुवा जस्ता निर्माण सामग्री ढुवानी गर्ने सवारीसाधनको बेलुकी ७ देखि बिहान ५ बजेसम्म ढुवानी गर्न पाइने छ ।

Related News

सम्बन्धित समाचार

  • वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग

    धनबहादुर गुरुङ चैत्र १६, २०८०
    पोखरा ।  पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी सहरसँग जोड्ने पृथ्वी राजमार्ग स्तरोन्तति कार्य जारी नै छ । आँबुखैरेनी–पोखरा करिब ८०…
  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…

hero news full width