बाढीले पोखरा ३२ का वस्ती डुवानमा

आदर्श समाज सम्वाददाता
असार २४, २०७८
pkr 32

पोखरा । लगातारको बाढीसँगै नहरमा अनियन्त्रित भई आएको पानीका कारण पोखरा महानगरपालिका वडा नं ३२ गगनगौंडा र आसपासका वस्ती डुबानमा परेका छन् ।
लगातारको बाढीसँगै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल जल उपभोक्ता संस्थाको बिसिटु सिँचाइ आयोजनाबाट अनियन्त्रित भई आएको पानीका कारण यस क्षेत्रका कालिका नगर, छुची, लामेआहाल, राधाकृष्ण टोल, बा¥हसय चौतारा, एकानब्बेको बान्नो लगायतका स्थानमा प्रत्यक्ष प्रभाव पारेको नेपाल रेडक्रस सोसाइटी पोखरा ३२ उपशाखाका सभापति किसन परियारले जानकारी दिनुभयो ।
आँफूहरूले यस सम्बन्धमा स्थानीय सरकार समक्ष पनि जानकारी गराएको उहाँले बताउनुभयो । तत्कालीन समस्याको समाधानका लागि पहल गर्दै यसको दीर्घकालीन समाधानतर्फ ध्यान दिनु अपरिहार्य भएको उहाँले बताउनुभयो ।
नहरमा आउने पानीलाई व्यवस्थित नगरिदा यस क्षेत्रमा सिंचाइ जस्तो नभएर खहरे खोला जस्तो बन्दा वर्षेनी समस्या बढीरहेको स्थानीयवासीको गुनासो छ । पोखरा–३२ का विभिन्न स्थानमा बाढीका कारण परिरहेको प्रभावको दीर्घकालिन समाधानका लागि वडाका तर्फबाट सम्बन्धित निकायहरूमा पहल गरिएको वडा अध्यक्ष अक्कलबहादुर कार्कीले बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

hero news full width