पहिराेमा पुरिएर बेपत्ता   

आदर्श समाज सम्वाददाता
असार २४, २०७८
Flood

फाइल फाेटाे

दमौली ।  तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् । ऋषिङ–८ माझकोटका करिब ४० वर्षीय खुमबहादुर थापा पहिरामा पुरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठका अनसार आज बिहान ५ः३० बजे घरबाट गोठमा गएका उहाँलाई माथिबाट पहिरा खस्दा पुरेको हो । “श्रृङ्गपथ तलबाट पहिरो खसेको छ”, उहाँले भन्नुभयो । बेपत्ताको स्थानीयवासीले खोजी कार्य गरिरहेका छन् ।

डुम्रे–बन्दीपुर सडकखण्ड पुनः अवरुद्ध    

पहिरो हटाएर सञ्चालनमा आएको डुम्रे–बन्दीपुर सडकखण्ड पुनः अवरुद्ध भएको छ । बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिराका कारण उक्त सडकखण्ड अवरुद्ध भएको हो । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बन्दीपुर सडकखण्ड अवरुद्ध भएको जानकारी दिनुभयो । गत मङ्गलबार पहिराले अवरुद्ध भएको उक्त सडकखण्ड चार दिनपछि आंशिक सञ्चालनमा आएको थियो । डिभिजन सडक कार्यालय, जिल्ला प्रशासन कार्यालय तनहुँको सहयोगमा बन्दीपुर जाने सडक शनिबारदेखि आंशिकरुपमा सञ्चालनमा ल्याइएको थियो ।

पृथ्वीराजमार्गको डुम्रेदेखि सात किमीको दूरीमा रहेको बन्दीपुर जाने सडकमा ठाउँ–ठाउँमा पहिरा झरेर अवरुद्ध भएको छ । पहिरोले बन्दीपुरका अधिकांश ग्रामीण सडक अवरुद्ध छन् । पहिराले ढाडखोला मोटरमार्गमा ठूलो क्षति पु¥याएको छ ।  रासस

Related News

सम्बन्धित समाचार

    • सातामै करिब २९ सय संक्रमित

      आदर्श समाज सम्वाददाता श्रावण ११, २०७८
      पोखरा  । गण्डकी प्रदेशमा पछिल्लो साता थप २ हजार ८ सय ८९ जना संक्रमित भएका छन् । लकडाउन खुकुलो भएसँगै संक्रमित…
    • पोखराको पहिलो आकाशे पुल सञ्चालनमा

      रासस श्रावण ११, २०७८
      पोखरा । पर्यटकीय नगरी पोखराको मुख्य ठाउँ सिर्जनाचोकमा यात्रु आवतजावत गर्ने आकाशे पुल सञ्चालनमा आएको छ । बढ्दो जनसङ्ख्या र…
    • जसपामायादव पक्षको बहुमत

      रासस श्रावण ११, २०७८
      काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्यको सनाखत लिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र…
    • चन्द्रबहादुरको आम्दानी ३० हजार, भाडा डेढ सय

      सविन लामिछाने श्रावण ११, २०७८
      दमौली । पृथ्वीराजमार्गको छेउमै टिनले छाएको र टिनले नै बारेको टंकी । त्यही टंकीको सहारामा पालिन्छन् चन्द्रबहादुर नेपालीको परिवारका ९…
    • कोरोना कहरमा झन् बढे भ्रष्टाचारका उजुरी

      धनबहादुर गुरुङ श्रावण ११, २०७८
      पोखरा । कोरोना महामारीकै बीचमा गत वर्षको पुस २२ गते तनहुँमा १ जना इन्जिनियर डेढ लाख घुससहित पक्राउ परे ।…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads