डुबेर बालक बेपत्ता

आदर्श समाज सम्वाददाता
असार २४, २०७८
River-Death

परासी । पश्चिम नवलपरासीको पाल्हीनन्दनका १ बालक झराही खोलामा डुबेर बेपत्ता भएका छन् ।
पाल्हीनन्दन १ रम्पुरवाका अन्दाजी ११ वर्षीय सत्यम गुप्ता झराही खोलामा मंगलबार डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिए ।
उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । गाईवस्तु चराउन गएका उनी खेल्ने क्रममा चिप्लिएर खोलामा खसेका थिए । खोलाको भेलले ती बालकलाई बगाएर भारततर्फ लगेको हुन सक्ने प्रहरीको अनुमान छ ।

Related News

सम्बन्धित समाचार

hero news full width