कांग्रेस कोभिड १९ सूचना समितिको सहयोग

आदर्श समाज सम्वाददाता
असार २३, २०७८
Kaski congress

पोखरा । नेपाली कांग्रेस कोभिड १९ सूचना समिति कास्कीले बुधबार २ स्वास्थ्य संस्थालाई कन्सन्ट्रेटर र स्वास्थ्य सामग्री सहयोग गरेको छ । दुवै संस्थालाई १/१ वटा अक्सिजन कन्सन्ट्रेटर र स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
समितिले कास्कीको अन्नपूर्ण गाउँपालिका २ स्थित नागडाँडा स्वास्थ्य चौकी र माछापुच्छ्रे गाउँपालिका २ स्थित सार्दीखोला स्वास्थ्य चौकीलाई सहयोग गरेको हो । समितिका संयोजक दिवसमान प्रधानांगले ती सामग्री हस्तान्तरण गरेका हुन् । यसअघि पनि समितिले स्वास्थ्यकर्मीलाई पिपिइ प्रदान गरेको थियो ।
समिति संयोजक प्रधानांगले महामारीमा बेला सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद महासंघका अध्यक्ष देवेन्द्र शेरचन, कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देल, सदस्य उमेशराज पराजुली, अन्नपूर्ण गाउँपालिका २ का अध्यक्ष चुडामणि अधिकारी, नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका सचिव कृष्णप्रसाद सुवेदी, वडा नं २ का सभापति लोकराज भण्डारी, माछापुच्छ्रे गाउँपालिका वडा नं १ का अध्यक्ष वीरेन्द्र गुरुङ, २ का अध्यक्ष विक्रम गुरुङ, नेपाली कांग्रेस माछापुच्छ्रे गाउँपालिका सभापति मधुसुदन अधिकारी, समिति सदस्य महेश तिमिल्सिना र स्वास्थ्यकर्मी लक्ष्मी बयलकोटीले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखरा भिलेज अब चारतारे

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा लेकसाइडस्थित होटल पोखरा भिलेज रिसोर्ट एन्ड स्पा स्तरोन्नतिसहित फोरस्टार होटलको रुपमा सञ्चालन गरिएको छ । २०६६ सालबाट…
  • पोखरा १० का सामुदायिक विद्यालयलाई स्टे्सनरी सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा १० ले वडाभित्र रहेका सामुदायिक विद्यालयलाई स्टेसनरी सामग्री वितरण गरेको छ । वडाभित्र रहेको ३ वटा सामुदायिक…
  • भुजेल समाजको रक्तदान

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । भुजेल समाज जिल्ला समन्वय समिति कास्कीले नव वर्षको उपलक्ष्यमा शनिबार खुला रक्तदान आयोजना गरेको छ । नेपाल आदिवासी…
  • स्पोर्टस् अवार्डमा सहयोग प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले आठौं पोखरा स्पोर्टस् अवार्ड सघाउन प्रतिबद्धता जनाएका छन् । सोमबार नेपाल…
  • हेमजामा नागरिक आरोग्य कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रमअन्तर्गतको नागरिक आरोग्य सुरु हुँदैछ । यसै सन्दर्भमा सोमबारदेखि प्रारम्भिक घरधुरी सर्वेक्षण सुरु…

hero news full width