जातीय भेदभावविरुद्ध कानुनी सचेतना

आदर्श समाज सम्वाददाता
असार २३, २०७८
CDB

पोखरा । दलित महिला संघ जिल्ला शाखा कास्कीको आयोजना तथा पोखरा ३ को आर्थिक सहयोगमा जातीय भेदभाव तथा छुवाछुतविरुद्ध कानुनी सचेतना अभिमुखीकरण गरिएको छ । संविधान सभा सदस्य कृष्णकुमारी परियारले कार्यक्रम उद्घाटन गरेकी थिइन् ।
कार्यक्रम उद्घाटनपछि संविधान सभा सदस्य कृष्णकुमारी परियारले २१ औं शताब्दीमा पनि जातका आधारमा, जन्मका आधारमा मानिसले मानिसमाथि जातीय विभेद र छुवाछुत हुनु दुखद भएको बताइन् । संविधान सभामार्फत बनाएको नेपालको संविधानमा धारा १८ मा समानताको हक, धारा २४ मा छुवाछुत विरुद्धको हक, र धारा ४० मा दलितको हकको व्यवस्था गरिएको उनले उल्लेख गरिन् । उनले भनिन्,‘संविधानमा व्यवस्था भएको कुरा अक्षरश कार्यान्वयनको पाटोमा अघि नबढेसम्म जातीय भेदभाव तथा छुवाछुतको अन्त्य हुन सक्दैन ।’
संघका अध्यक्ष गायकले दलित महिला संघले आफ्नो स्थापनाकालदेखि नै दलित महिलाको आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक सशक्तीकण गर्दै आइरहेको बताइन् ।
महिला संघ जिल्ला शाखा कास्की अध्यक्ष सुमित्रा गायकको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ३ का सचिव चन्द्रावती वाग्ले, वडा सदस्य सबि परियार, लक्ष्मी पराजुली, रवीन्द्र कायस्थ, जितेन्द्र कायस्थ, पूर्व वडाध्यक्ष नारायण उदासलगायतले बोलेका थिए । , संघका कार्यक्रम संयोजकलगायतले बोलेका थिए । संघका कोषाध्यक्ष बिना परियारले सञ्चालन गरेको कार्यक्रममा वडाका ३५ जना सहभागी थिए ।

Related News

सम्बन्धित समाचार

    • निषेधाज्ञा खुलेपछि डुङ्गा व्यवसायी आशावादी

      रासस श्रावण १०, २०७८
      लेखनाथ । दश दिनयता आन्तरिक पर्यटक फाटफुट देखिन थालेपछि बेगनास तालका डुङ्गा व्यवसायीको मुहारमा खुशी देखिन थालेको छ । कोरोना…
    • सराङकोटलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन पहल

      श्रीभद्र पौडेल श्रावण १०, २०७८
      हेमजा । पोखरा १८ सराङकोटलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा चिनाउन पहल थालिएको छ । जसअन्तर्गत सराङकोट टपमा ४० करोडको गुरुयोजनासहित…
    • सराङकोटमा धार्मिक पर्यटनको गुरुयोजना

      रासस श्रावण ९, २०७८
      पोखरा । पोखरास्थित पर्यटकीय गन्तव्य सराङकोटमा धार्मिक पर्यटन आकर्षित गर्न शुरु गरिएको शिव मन्दिर, दृश्यावलोकन केन्द्र (भ्यूटावर), गणेश मन्दिर निर्माणलगायत…
    • भूमि अधिकार मञ्चको विरोध

      आदर्श समाज सम्वाददाता श्रावण ९, २०७८
      पोखरा  । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्न लागेकोमा राष्ट्रिय भूमि अधिकार मञ्च कास्कीले विरोध गरेको छ । स्थानीय तहमार्फत…
    • पोखरा–ढाका उडानबारे छलफल

      आदर्श समाज सम्वाददाता श्रावण ९, २०७८
      पोखरा  । पोखरा–ढाका सिधा हवाइ उडान तयारीबारे विमान बंगलादेशका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीले छलफल गरेका छन् । नेपाल एशोसिएसन अफ…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads