अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

आदर्श समाज सम्वाददाता
असार २३, २०७८
oxygen concentrator

पोखरा । गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ६ का लागि १ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका छन् । सांसद् पहारीले डेढ लाख बराबरको सो कन्सन्ट्रेटर नेकपा एमाले अन्नपूर्ण गाउँपालिका सचिव विवेक देवकोटालाई हस्तान्तरण गरेका हुन् । जोय नेपाल संस्थाको सहयोगमा यसअघि पनि अन्नपूर्ण १० घान्द्रुक, वडा नं. ११ छुम्रुङ र वडा नं. ५ झोबांगमा १/१ थान कन्सन्ट्रेटर हस्तान्तरण गरिएको पहारीको सचिवालयले जनाएको छ ।
सो अवसरमा सांसद पहारीले कोरोना महामारीबाट पीडित आफ्नो निर्वाचन क्षेत्रका जनताको स्वास्थ्य रक्षा आफ्नो पहिलो कर्तव्य र जिम्मेवारी भएको हुँदा सहयोग जुटाउन लागिपरेको बताए । आफ्नो आग्रहलाई सहर्ष स्वीकार गर्दै निरन्तर सहयोगमा जुटेकोमा सहयोगी संस्था जोय नेपालप्रति आभार व्यक्त गरे ।
कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रममा नेकपा एमाले कास्कीका सचिव दामोदर बैरागी, मेडिकल काउन्सिलका सदस्य किशोरबिक्रम मल्ल, सहयोगी संस्था जोय नेपालका प्रान्जल कायस्थ, नेकपा एमाले कास्कीका सचिवालय सदस्य दामबहादुर विक, नेता विष्णु केसी, गाउँपालिका सचिव विवेक देवकोटा, स्काउट कास्कीका संयोजक आशीर्वाद सुवेदी, विद्यार्थी नेता साजन सुवेदीलगायत उपस्थित थिए ।
यता, सांसद पहारीले पोखरा ६ बैदाम, नहरमार्गस्थित खहरेचोकदेखि बुलौदी जाने निर्माणाधीन ढलान बाटोको अनुगमन गरेका छन् । ८ सय मिटर लामो र उक्त बाटो संसद पहारीको पहलमा चालु आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा गरी डेढ करोड लागतमा निर्माण भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width