अपांगता भएकालाई खाद्यान्न र स्वास्थ्य सामग्री

भवानी अधिकारी
असार २३, २०७८
apanga

स्याङ्जा । अपांग समाज स्याङ्जा, गण्डकी प्रदेश सरकार पुलतीबजार नगरपालिका र स्कुल अफ डेमोक्रेसीको सहकार्यमा अपांगता भएका व्यक्तिलाई खाद्यान्नसहित स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।
अपांगता भएका व्यक्ति तथा उनीहरुका परिवारलाई व्यक्तिगत सरसफाई, पोषण, खाद्यान्न तथा स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको हो ।
पुतलीबजार नगरपालिका १ स्थित समाजको भवनमा भएको कार्यक्रममा वडा नं. १, २, ३, ४ र १४ नम्बरका अतिविपन्न र अतिअशक्त १२ परिवारका लागि खाद्यान्न (२५ केजी एक बोरा चामल, तेल, दाल, सोयाबिन) सहित अन्य २० जना अपांगता व्यक्तिलाई व्यक्तिगत सरसफाई पोषण तथा स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।
पुतलीबजार १ र २ का अध्यक्षद्वय निर्मल शेरचन र तिलकराम श्रेष्ठ, स्कुल अफ डेमोक्रेसीका अध्यक्ष इ. अनुप श्रेष्ठ, गण्डकी प्रदेश संयोजक विमल रिमाल, अपांग समाज स्याङ्जाका अध्यक्ष युवराज पराजुलीले सामग्री प्रदान गरेका थिए । समाजका सचिव राम शर्मा पोखरेलले कार्यक्रम सहजीकरण गरेका थिए । समाजले यसअघि पनि पुतलीबजारका अन्य वडाका ७६ जनालाई पनि खाद्यान्नसहित स्वास्थ्य सामग्री वितरण गरेको थियो ।
पुतलीबजार, भीरकोट, वालिङ, गल्याङ नगरपालिका र बिरुवा गाउँपालिकामा पुगेर अपांगता भएका व्यक्ति तथा उनीहरुका परिवारमा पुगेर खाद्यान्नसहित स्वास्थ्य सामग्री प्रदान गरिसकेको र अन्य पालिकामा पनि पुग्ने तयारी भइरहेको समाजका अध्यक्ष पराजुलीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width