कृषि विकास बैंकको झण्डै डेढ लाख सहयोग

आदर्श समाज सम्वाददाता
असार २३, २०७८
adbl bank newsss

पोखरा  । कृषि विकास बैंक, गण्डकी प्रदेश कार्यालयले पोखरा ५ स्थित गतिशील महिला समूहको भवन निर्माणमा सहयोग गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत समूहको भवनको छतमा ट्रस निर्माणका लागि मंगलबार १ लाख ४० हजार रुपैयाँ सहयोग गरेको हो ।
बैंक सञ्चालक समिति सदस्य हरिप्रसाद पराजुलीले बैंक नाफामुखी मात्र नभएर नाफाको निश्चित प्रतिशत समाजका विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्ने गरिएकोमा आज समूहलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।
बैंक २०२४ माघ ७ मा नेपालको कृषि क्षेत्रको विकासको लागि स्थापना भएको र बैंकले सरकारको विकासे अड्डाको रुपमा काम गर्दै आएको बताए । हाल घरमै बसीबसी बैंकिङ कारोबार गर्न सकिने भएकोले सेवा गर्न अवसर प्रदानका लागि आग्रह गरे ।
बैंकका गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक रघुनाथ न्यौपानेले बैंकका सेवासुविधाबारे जानकारी दिए ।
कार्यक्रममा मुख्य शाखा प्रबन्धक माधव रिजाल, बगर शाखाका प्रबन्धक मोतिप्रसाद पौडेल, गतिशील महिला समूहकी अध्यक्ष तारादेवी बरालले बैक तथा आफ्नो समूह आपसमा सहकार्य गरी अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रम सञ्चालन बैंकको गण्डकी प्रदेश कार्यालय पोखराका वरिष्ठ शाखा प्रमुख महेश पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width