गण्डकीमा थप २८९ संक्रमणमुक्त

आदर्श समाज सम्वाददाता
असार २२, २०७८
Corona Banner

पोखरा । गण्डकी प्रदेशमा थप २ सय ८९ जनाले कोरोना जितेका छन् । पछिल्लो समय कोरोना संक्रमितभन्दा निको हुनेको संख्या कम छ । मंगलबार ३ सय ६६ जनामा कोरोना पुष्टि भएको हो । सोमबार २ सय १६ जना निको भएकोमा ३ सय २ संक्रमित भएका थिए । योसँगै प्रदेशमा कोरोना जित्नेको संख्या ५३ हजार ६ सय ३९ पुगेको छ ।
प्रदेशमा १ हजार २ सय जनाको नमुना परीक्षण गरिएकोमा गण्डकीमा ३०.५ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको हो । मुस्ताङमा शून्य संक्रमित हुँदा कास्कीका १ सय ३४ सहित मनाङका १, म्याग्दीका ४ र पर्वतका २८ जनामा कोरोना देखिएको हो ।
यसैगरी गोरखाका ४८, लमजुङका १९, तनहुँका ५२, बागलुङका २७, स्याङ्जाका २० र नवलपुरका ३३ जनामा कोरोना संक्रमण भएको हो । प्रदेशका १० जिल्लामा १ सय ९३ पुरुष तथा १ सय ७३ जना महिलामा कोरोना पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५७ हजार ७ सय ८४ पुगेको छ ।
नेपालमा १ हजार ७ सय १८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ५ सय ३ पिसिआर परीक्षणमा मंगलबार थप १ हजार ७ सय १८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा संक्रमित हुनेको संख्या ६ लाख ४८ हजार ८५ पुगेको छ ।
यस्तै एन्टिजेन विधिद्वारा गरिएको ५ हजार ८२ परीक्षणबाट ९ सय १६ जनामा पोजिटिभ देखिएको छ । २४ घन्टामा पिसिआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार ५ सय ८५ परीक्षणमा २ हजार ६ सय ३४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । नेपालमा थप १ हजार ५ सय ६५ जना संक्रमणमुक्तसँगै निको हुनेको कुल संख्या ६ लाख १२ हजार ९ सय ९४ पुगेको छ ।
हालसम्म देशभर २३ लाख ८३ हजार ५ सय ४४ नमुनाको पिसिआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ३ सय ३० जना छन् आइसोलेसनमा रहनेको संख्या २५ हजार ८ सय २८ छ ।

थप ७ को मृत्यु
गण्डकीमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । मंगलबार नवलपुरका ३ सहित कास्कीका २, बागलुङ र गोरखाका १/१ जनाको ज्यान गएको हो । नेपालभर १५ जनाको कोरोनाबाट मृत्यु भएका गण्डकीमै ७ जनाको निधन भएको हो ।
नवलपुरको कावासोती नगरपालिका ३ का ८१ वर्षीय पुरूषको भरतपुर अस्पताल, चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । नवलपुरको देवचुली नगरपालिका ४ की ६८ वर्षीया कोरोना संक्रमित महिलाको भरतपुर अस्पताल, चितवनमा उपचारको क्रममा निधन भएको हो । नवलपुरको मध्यविन्दु नगरपालिका ७ की ६४ वर्षीया महिलाको पनि भरतपुर अस्पताल, चितवनमा उपचारको क्रममा ज्यान गएको हो ।
पोखरा १४ का ६२ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, पोखरा १२ की ७० वर्षीया महिलाको गण्डकी मेडिकल कलेजमा उपचार क्रममा निधन भएको हो । बागलुङको बाग्लुङ नगरपालिका ३ का ६८ वर्षीय पुरूषको मणिपाल शिक्षण अस्पतालमा, गोरखा सिरानचोक गाउँपालिका ४ का ५८ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको छ ।
योसँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ७४ पुगेको छ । नेपालमा थप १५ जनाको मृत्यु भएसँगै हालसम्म ९ हजार २ सय ६३ जनाले ज्यान गुमाएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width