होटल व्यवसायीको ज्ञापन

आदर्श समाज सम्वाददाता
असार २१, २०७८
nabalpur hotel bebasayi

नवलपुर । पूर्वी नवलपरासीका होटल व्यवसायीहरुले आफूलाई पनि कोभिड १९ विरुद्धको खोपको व्यवस्थापन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालमा ज्ञापनपत्र बुझाएका छन् ।
होटल व्यवसायी संघ नवलपुरका अध्यक्ष सन्तोष राना मगरको नेतृत्वमा गएको टोलीले आइतबार नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
बन्दाबन्दीको बेला व्यापार व्यवसाय ठप्प रहेको र सरकारले घोषणा गरेको निषेधाज्ञाको होटल व्यवसायीले पूर्ण रुपमा पालना गरेको जनाउँदै उनीहरु विभिन्न कर छुट तथा समयावधि थप्न माग गरेका छन् ।
ज्ञापनपत्रमा बैंक किस्ता, व्यवसाय कर, घरभाडा, विद्युत् महसुल आदि तत्काल तिर्न सक्ने अवस्था नरहेकोले बन्दाबन्दीको अवस्थाको बैंक तथा वित्तीय संस्थाको ब्याज छुट तथा समयावधि थप, घरभाडा छुट, व्यवसायीले स्थानीय निकायमा तिर्नुपर्ने कर तथा सम्पूर्ण कर र विद्युत महसुलमा छुट तथा समयावधि थपको माग गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width