पेमा छालको खाद्य सामग्री सहयोग

आदर्श समाज सम्वाददाता
असार २१, २०७८
hemja help

हेमजा । पोखरा–२५, याम्दीस्थित पेमा छाल शक्य मोनास्टिक इन्स्टिच्युडले पोखराका विभिन्न स्थानमा खाद्य सामग्री वितरण गरेको छ।
शनिबार हेमजाका ३ सय ५० विपन्न, सुकुम्वासी, श्रमिक वर्गका घरपरिवारलाई वडा कार्यालयको समन्वयमा राहत वितरण गरियो । संस्थाले प्रति घरपरिवार २५ केजीको १ बोरा चामल, तेल, दाल, नुन समान २ लिटर÷केजी र ४ सय ग्राम चियापत्ती उपलब्ध गराएको हो । प्रतिपरिवार २ हजार ६ सयका दरले सामग्री उपलब्ध गराइएको इन्स्टिच्युडका सचिव लोप्साङ छिरिङले जानकारी दिए ।
बालकल्याण आधारभूत विद्यालयमा भएको उक्त कार्यक्रममा प्रदेश सांसद इन्द्रधारा विष्ट, इन्स्टिच्युडका निर्देशक लामा टासी अङगेल विष्ट, सचिव लोप्साङ छिरिङ, प्रधानाध्यापक लामा नावाङ टासी गुरुङ, वडा सदस्य जीतबहादुर कार्की र याम्दी टोल सुधार समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले पनि धारण राखेका थिए।
यस्तै इन्स्टिच्युडले आइतवार अपांगतामैत्री समाज पोखरा २९ र पोखरा ३२ स्थित राधाकृष्ण वृद्घाश्रमलाई पनि खाद्य सामग्री उपलब्ध गराएको छ । छुट्टाछुट्टै कार्यक्रमका बीच उनीहरुलाई २५ केजीका २० बोरा चामल, दाल, नुन, तेल समान ४० केजी÷लिटर र चियापत्ती ८ केजी प्रदान गरिएको हो ।
यसअघि इन्स्टिच्युडले जेठ १२ मा पोखरा र दुलेगांैडास्थित ५ शरणारार्थी शिविर र जेठ २३ मा मुस्ताङको थासाङ तथा घरपझोङ गाउँपालिकाका ५ सय २७ घरपरिवारलाई खाद्य सामग्री प्रदान गरेको थियो ।
त्यस्तै निकट भविष्यमै उपल्लो मुस्ताङका १ हजार ५ सय घरपरिवारलाई राहत उपलब्ध गराउने इन्स्टिच्युटले जनाएको छ ।
डुले इन्टरमेट इन्टरनेसनल तथा व्यक्तिगततर्फबाट सहयोग संकलन गरी आइतबारसम्म २४ लाख १० हजार बराबरको खाद्य राहत उपलब्ध गराइएको इन्स्टिच्युडले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width