४८० जनाले जिते कोरोना

आदर्श समाज सम्वाददाता
असार २१, २०७८
Corona

पोखरा । गण्डकी प्रदेशमा थप ४ सय ८० जना कोरोनामुक्त भएका छन् । पछिल्लो एक हप्तामा गण्डकीमा २ हजार १ सय ४७ निको भएसँगै प्रदेशमा कोरोना जित्नेको संख्या ५३ हजार १ सय ३४ पुगेको हो ।
प्रदेशमा आइतबार थप ३ सय ६६ जना संक्रमित थपिएका छन् । प्रदेशमा १ हजार १ सय ९० जनाको स्वाब परीक्षण गर्दा करिब ३० प्रतिशतमा कोरोना पोजेटिभ देखिएको हो । पछिल्लो एक हप्तामा ८ हजार ५ सय १८ जनामा परीक्षण गर्दा २ हजार ५ सय ६ जना संक्रमित भएका हुन् । आइतबार मनाङ, मुस्ताङ र पर्वतमा कोरोना संक्रमित शून्य रहेको छ ।
कास्कीमा १ सय ४९, बागलुङमा ८४, स्याङ्जामा ४६ र पर्वतमा ४२ जनामा कोरोना पोजेटिभ देखिएको हो । यसैगरी लमजुङमा २१, नवलपुरमा १४ सहित म्याग्दी र तनहुँमा ५/५ जना संक्रमित भएका हुन् । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५७ हजार १ सय ६६ पुगेको छ । जसमा ३ हजार २१ सक्रिय संक्रमित रहेका छन् ।
देशभर १ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार विभिन्न जिल्लामा गरिएको ४ हजाार ८ सय ७६ पिसिआर परीक्षणमा १ हजार ४२ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी, ३ हजार २ सय ५६ एन्टिजेन परीक्षणमा ५ सय ६१ जनामा कोरोना संक्रमण देखिएको छ । पिसिआर र एन्टिजेन परीक्षणबाट कुल १ हजार ६ सय ३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पिसिआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ४४ हजार ६ सय २२ पुगेको छ । यस्तै, २४ घण्टामा २ हजार ५ सय ५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ६ लाख ९ हजार २ सय १८ पुगेको छ ।
प्रदेशमा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएका छन् । ज्यान गुमाउनेमा पर्वत र तनहुँका हुन् । पर्वतको बिहादी गाउँपालिका ३ का ८२ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको हो । उनलाई असार १४ मा कोरोना पुष्टि भएको थियो । तनहुँको शुक्लागण्डकी नगरपालिका ४ का ६० वर्षीय कोरोना संक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचारको ज्यान गएको छ । उनलाई असार १८ गते कोरोना भएको थियो ।
योसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय ६१ पुगेको छ । देशभर गरी थप २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २ सय २५ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

    • सातामै करिब २९ सय संक्रमित

      आदर्श समाज सम्वाददाता श्रावण ११, २०७८
      पोखरा  । गण्डकी प्रदेशमा पछिल्लो साता थप २ हजार ८ सय ८९ जना संक्रमित भएका छन् । लकडाउन खुकुलो भएसँगै संक्रमित…
    • पोखराको पहिलो आकाशे पुल सञ्चालनमा

      रासस श्रावण ११, २०७८
      पोखरा । पर्यटकीय नगरी पोखराको मुख्य ठाउँ सिर्जनाचोकमा यात्रु आवतजावत गर्ने आकाशे पुल सञ्चालनमा आएको छ । बढ्दो जनसङ्ख्या र…
    • जसपामायादव पक्षको बहुमत

      रासस श्रावण ११, २०७८
      काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्यको सनाखत लिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र…
    • चन्द्रबहादुरको आम्दानी ३० हजार, भाडा डेढ सय

      सविन लामिछाने श्रावण ११, २०७८
      दमौली । पृथ्वीराजमार्गको छेउमै टिनले छाएको र टिनले नै बारेको टंकी । त्यही टंकीको सहारामा पालिन्छन् चन्द्रबहादुर नेपालीको परिवारका ९…
    • कोरोना कहरमा झन् बढे भ्रष्टाचारका उजुरी

      धनबहादुर गुरुङ श्रावण ११, २०७८
      पोखरा । कोरोना महामारीकै बीचमा गत वर्षको पुस २२ गते तनहुँमा १ जना इन्जिनियर डेढ लाख घुससहित पक्राउ परे ।…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads