एक महिनामा ११ सय पर्यटक भित्रिए

रासस
असार २०, २०७८
Tourist2

सांकेतिक तस्बिर

काठमाडौं । गत जुन महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै जम्मा एक हजार १०० विदेशी नेपाल भित्रिएका छन् । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गत वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय उडान बन्द गरेको थियो ।

अध्यागमन विभागले सार्वजनिक गरेको जुन महिनाको तथ्याङ्कअनुसार नियमित उडान बन्द भएका समयमा चार्टर्ड तथा उद्धार उडानमार्फत १११ देशबाट एक हजार १४३ विदेशी नेपाल भित्रिएका हुन् । यसमा ७०८ पुरुष, ४३४ महिला र एक जना अन्य नागरिक भित्रिएका हुन् । विभागले तथ्याङ्कअनुसार जुन महिनामा एक हजार १४३ विदेशी र नौ हजार ५५९ जना नेपाली गरी एक महिनामा १० हजार ७०२ जना नागरिक स्वदेश भित्रिएका छन् ।

निषेधाज्ञाका समयमा नेपाल भित्रनेभन्दा बाहिरिने विदेशी पर्यटक धेरै रहेका छन् । जुन महिनामा एक हजार १४३ विदेशी नेपाल भित्रने तीन हजार ६०६ बाहिरिएका छन् । एक महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै तीन हजार ६०६ जना विदेशी र नौ हजार ६५१ नेपाली गरी १३ हजार २५६ जना बाहिरिएका हुन् ।

कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिल महिनामा नेपाल भित्रिएका थिए । विभागको तथ्याङ्कअनुसार अप्रिल महिनामा १४४ देशबाट २२ हजार ४५० जना विदेशी नेपाल भित्रिएका थिए । सन् २०२१ को छ महिनामा नेपालमा विभिन्न देशका ५८ हजार ५८ जना विदेशी पर्यटक भित्रिएका छन् ।

Related News

सम्बन्धित समाचार

  • पर्यटन दिवसमा लेकसाइडमा मिनी सडक महोत्सव

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा। रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) पोखराको आयोजनामा यही असोज ११ गते पोखराको लेकसाइडमा मिनि सडक महोत्सव २०७९ आयोजना…
  • पर्यटन व्यवस्थापन समिति घान्द्रुकमा विक्रम

    आदर्श समाज सम्वाददाता असाेज ६, २०७९
    पोखा । पर्यटन व्यवस्थापन समिति घान्द्रुकको प्रथम अधिवेशनले विक्रम गुरुङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कार्यसमिति…
  • ओझेलिएको मनोरम मुठाचौर   

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०७९
    बागलुङ । पहाडको टुप्पोमा छ मुठाचौर । यहाँभन्दा माथि कुनै बस्ती छैन । तमानखोला गाउँपालिका–२ मा पर्ने मुठाचौर बागलुङ जिल्लाकै…
  • पाेखरा विमानस्थल छिटाे सञ्चालन गर्न माग

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०७९
    पोखरा।  निर्माण अन्तिम चरणमा पुगेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै मितिमा संचालनका लागि आवश्यक तयारी तीव्र पार्न सरोकारवालाले जोड दिएका छन्…
  • पोखरा पर्यटन परिषद् अध्यक्षमा पोमनारायण

    आदर्श समाज सम्वाददाता भाद्र १०, २०७९
    पोखरा । पोखरा पर्यटन परिषद् अध्यक्षमा पोमनारायण श्रेष्ठ निर्वाचित भएका छन् । संस्थाको बिहीबार २२ औं वार्षिक साधारण सभा तथा…

hero news full width