एक महिनामा ११ सय पर्यटक भित्रिए

रासस
असार २०, २०७८
Tourist2

सांकेतिक तस्बिर

काठमाडौं । गत जुन महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै जम्मा एक हजार १०० विदेशी नेपाल भित्रिएका छन् । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गत वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय उडान बन्द गरेको थियो ।

अध्यागमन विभागले सार्वजनिक गरेको जुन महिनाको तथ्याङ्कअनुसार नियमित उडान बन्द भएका समयमा चार्टर्ड तथा उद्धार उडानमार्फत १११ देशबाट एक हजार १४३ विदेशी नेपाल भित्रिएका हुन् । यसमा ७०८ पुरुष, ४३४ महिला र एक जना अन्य नागरिक भित्रिएका हुन् । विभागले तथ्याङ्कअनुसार जुन महिनामा एक हजार १४३ विदेशी र नौ हजार ५५९ जना नेपाली गरी एक महिनामा १० हजार ७०२ जना नागरिक स्वदेश भित्रिएका छन् ।

निषेधाज्ञाका समयमा नेपाल भित्रनेभन्दा बाहिरिने विदेशी पर्यटक धेरै रहेका छन् । जुन महिनामा एक हजार १४३ विदेशी नेपाल भित्रने तीन हजार ६०६ बाहिरिएका छन् । एक महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै तीन हजार ६०६ जना विदेशी र नौ हजार ६५१ नेपाली गरी १३ हजार २५६ जना बाहिरिएका हुन् ।

कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिल महिनामा नेपाल भित्रिएका थिए । विभागको तथ्याङ्कअनुसार अप्रिल महिनामा १४४ देशबाट २२ हजार ४५० जना विदेशी नेपाल भित्रिएका थिए । सन् २०२१ को छ महिनामा नेपालमा विभिन्न देशका ५८ हजार ५८ जना विदेशी पर्यटक भित्रिएका छन् ।

Related News

सम्बन्धित समाचार

    • आउला त डुंगा चालकका दिन ?

      विजय नेपाल श्रावण १२, २०७८
      पोखरा । फेवातालमा तैरिने डुंगाहरु लामो समय थन्काएर बसेका डुंगा चालकहरु अहिले उत्साहित छन् । उनीहरुमा केही भए पनि आशाको…
    • होटल संघ र एनालग इन्कबीच सम्झौता

      आदर्श समाज सम्वाददाता श्रावण ११, २०७८
      पोखरा । पश्चिमाञ्चल होटल संघ पोखरा र काठमाडौंको गौशालामा कार्यालय रहेको एनालग इन्क प्रालिबीच शनिबार सम्झौता भएको छ । पोखरामा…
    • सराङकोटलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन पहल

      श्रीभद्र पौडेल श्रावण १०, २०७८
      हेमजा । पोखरा १८ सराङकोटलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा चिनाउन पहल थालिएको छ । जसअन्तर्गत सराङकोट टपमा ४० करोडको गुरुयोजनासहित…
    • सराङकोटमा धार्मिक पर्यटनको गुरुयोजना

      रासस श्रावण ९, २०७८
      पोखरा । पोखरास्थित पर्यटकीय गन्तव्य सराङकोटमा धार्मिक पर्यटन आकर्षित गर्न शुरु गरिएको शिव मन्दिर, दृश्यावलोकन केन्द्र (भ्यूटावर), गणेश मन्दिर निर्माणलगायत…
    • कोरोना सङ्क्रमणले आधा घटे पर्यटक

      आदर्श समाज सम्वाददाता श्रावण ९, २०७८
      चितवन । कोरोना सङ्क्रमण बढेसँगै लगाइएको निषेधाज्ञाले यहाँ आउने पर्यटक आधा घटेका छन् । अघिल्ला वर्षहरुको तुलनामा पर्यटक आगमनमा कमी…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads